कुशादेबी/विश्व रेडक्रस दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाईटी कुशादेवी उपशाखाले अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको छ ।
सभापति टंकप्रसाद हुमागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा वर्तमान सममयमा रेडक्रस अभियानको भूमिकाका विषयमा अन्र्तक्रिया गरिएको थियो । कार्यक्रममा रेडक्रस काभ्रेका पुर्व सभापति सोमप्रसाद हुमागाई, कुशादेवी क्याम्पसका क्याम्पस प्रमुख शशि बोलखे लगायतका ब्यक्तिहरुले रेडक्रसको महत्व र आवश्यकताका बारेमा धारणा राखेका थिए । रेडक्रसले विपदमा मानविय सहयोग तथा अन्य सेवाका कार्यहरु गर्दै आएको छ । रेडक्रसका गतिविधिहरु बढाउँदै ब्यक्तिहरुमा हराउँदै गएको मानविय सेवालाई बढाउनु पर्ने सहभागिहरुले बताए । कार्यक्रममा रेडक्रस उपशाखाले रक्तदान तथा अन्य सामाजिक कृयाकलापहरु गरेकोमा आगामी दिनमा थप मानविय सेवामा लाग्न उत्प्रेरणा हुने कार्य गर्दै जानु पर्ने सुझाव दिएको सभापति टंकप्रसाद हुमागाईले बताउनु भयो ।









