2026 October 30/ 06:41: 51pm

    धुलिखेल/जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले ७१ औं प्रहरी दिवस मनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी रविन कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । 
    प्रहरी दिवसमा जिल्लाकै उत्कृष्ट प्रहरीका रुपमा इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी प्रमुख डिएस्पी राकेश थापा पुरस्कृत भए । त्यस्तै अन्य दर्जाका प्रहरीहरु पनि पुरस्कृत भएका थिए । प्रहरी दिवसको अवसरमा अमर प्रहरी शहिद परिवारका सदस्यहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले नागरिकको सुरक्षामा प्रहरी सधै तत्पर रहनु पर्ने बताए । हरेक घटना तथा समस्यामा नेपाल प्रहरी सारथी बनिरहेको बताउँदै प्रजिअ अधिकारीले नागरिकले सधै प्रहरीसँगै भन्ने अनुभुति गरिरहेको बताए । 
    कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी रविन कार्कीले प्रहरी दिवस इतिहास, बलिदान र वर्तमानको समिक्षासँगै भविश्यको योजना निर्माण गर्ने अवसर भएकाले त्यसको रक्षाका लागि निरन्तर सक्रिय रहेको बताए । शान्ति सुरक्षा, अमनचयन कायम गर्न नेपाल प्रहरी सधै सक्रिय रहेको उनले बताए । कार्यक्रममा डिएस्पी रविन विष्टले प्रहरी महानिरिक्षक दानबहादुर कार्कीको शुभकामना सन्देश पढेर सुनाउँदै सहभागीहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रतिनिधिहरु, कार्यालय प्रमुखहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभािग थिए ।