बनेपा/जिल्ला बचत संघ काभ्रेको विशेष साधारण सभाबाट उदयराम कायस्थ अध्यक्षमा निर्वाचित हुनुभएको छ । संघको विशेष साधारण सभाको उद्घाटन बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यले गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी शाक्यले निति, विधि र प्रविधिमा नचेलेको संस्थाहरु पहिचान गरि त्यस्तो संस्थाहरुलाई कार्वाहिको दायरामा ल्याउनुपर्ने बताउनु भयो । सहकारीको मुल्य, मान्यता र सिद्धान्तमा संचालन भएका सहकारीहरुमा कुनै समस्या नदेखिएको र त्यस्तो संस्थाहरुमा ढुक्क भई कारोबार गर्न अनुरोध गर्दै सहकारीको निति, नियम, ऐन र नियमावाली भन्दा बाहिर गई संचालन भएको संस्थाहरुलाई अनुगमन गरि कार्यवाहिको दायरामा ल्याउन बनेपा नगरपालिकाले कुनै कसुर बाँकी नराख्ने शाक्यले वताउनु भयो । नीति नियममा सञ्चालनमा भै रहदाँ समेत सहकारीप्रति वित्तिय अराजकता फैलाई र नियमित किस्ता व्याज असुलिमा समस्याका कारण तरलता व्यवस्थापन गर्न नसकि समस्यामा परेको संस्थाहरुलाई संघले पहिचान गरि सहयोग गर्नु पर्ने शाक्यले वताउनु भयो । त्यस्ता सहकारीहरुलाई आवश्यक सल्लाह र सुझाब सहित समुदाय र सदस्य केन्द्रित संस्थाहरुसँग एकीकरणका लागि पहल समन्वय गरिदिन शाक्यले संघलाई आग्रह गर्नु भएको छ ।
विशेष साधारण सभाबाट उदयराम कायस्थ अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन उपसमितीका संयोजक अधिवक्ता नबराज बडालले सभालाई जानकारी गराउनु भएको थियो । कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष दिलिप शर्मा, प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटा, स्थिरीकरण कोषका संचालक सदस्य एवं सामुदायिक साकोसका अध्यक्ष प्रकाश बन्जारा, प्रोस्कुनका प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद दाहाल लगायतका ब्यक्तिहरुले सहकारीमा विकृति र समस्याहरु देखा परेका छन् पहिचान सहित समाधान तर्फमा संघ नवनिर्वाचित अध्यक्ष लगायतको संघको टिम लाग्नुपर्ने बताउनु भयो । संघको उद्देश्य अनुरुप कार्य गर्ने र गराउने पाटोमा काभ्रेका सहकारीकर्मीहरुसँग समन्वय र सहजीकरण गरि अगाडि बढ्न सुझाव दिनु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संघका सह–सचिव विकास बादेले राख्नु भएको थियो । कार्यक्रम संघका कार्यवाहक अध्यक्ष सागरनाथ कपालीको सभापतित्वमा सम्पन्न भएको थियो ।









