2026 June 20/ 07:58: 43am

बनेपा/२५६७ औ जन्मजयन्तीको अवसरमा सप्ताहब्यापी धर्मदेशना तथा ज्ञानमाला भजन कार्यक्रम हुने भएको छ । 
आगामी २२ गते शुक्रबार बुद्ध प्रतिमा शोभा यात्रा नगर परिक्रमा गरी विभिन्न विहारमा परिक्रामा गरी समापन गरिने जनाएको छ । २५६७ औ जन्मजयन्तीको अवसरमा साप्ताहिक कार्यक्रम अन्र्तगत १३ गते स्वयम्भु चैत्य, नाला, बोधिचर्या विहार, पारवर्त विहार, सागाँ, पनौती, कोभाहल मा ज्ञानमाला भजन तथा धर्मदेशना कार्यक्रम हुने छन् । त्यसैगरी साप्ताहिक कार्यक्रम समापन पश्चात २२ गते पूर्णिमाको दिन विहान ७ बजे बुद्ध प्रतिमा रथ शोभा यात्रा सुदर्शन विहार कोवाहालबाट शुरु भई कोसा टोल, टुकम्पो गणेश स्थान, वांख्यःज्ञानमाला भजन घर, असंफल टोल, लोकेश्वर मन्दिर, वकुटोल, चारदोवाटो, तिनदोवाटो, लायकु, भोलाखाटोल, तीनधारा, काँथु गणेश रेयुकाई मार्ग, चण्डेश्वरी मार्ग हुदै चन्द्रकिर्ति विहार घोगेचौरमा गई समापन हुने जनाएको छ । नगर परिक्रममा नगरवासी, धर्माबलम्बल्मीहरुलाई र¥यालीमा सहभागी भई कार्यक्रमको सभा बढाईदिन हुन अनुरोध गरिएको छ । नगरपरिक्रमा पछि विभिन्न कार्यक्रमको आयोजना पछि समापन हुने बुद्ध जयन्ती समारोह समितिका अध्यक्ष धर्मलाल मानन्धरले जानकारी दिनुभयो ।