बनेपा/सिद्धार्थ माध्यमिक विद्यालयले २०७९ को वार्षिक परिक्षाफल प्रकाशितसँगै नयाँ वर्ष २०८० को शुभकामना आदान प्रदान गरेको छ ।
विद्यालयका संस्थापक प्रिन्सिपल तथा ब्यबस्थापन समितीका अध्यक्ष ज्ञानबहादुर केसीको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । नर्सरी देखी कक्षा १० सम्मका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने सम्पुर्ण अभिभावकहरु सगं नयाँ वर्षको शुभकामना साटासाट गरिएको थियो । विद्यालयका संस्थापक ज्ञानबहादुर केसीले विद्यालयले पुरानो तरिका भन्दा पनि अहिलेको प्रविधि सगं मेल खाने शिक्षा प्रदान गरिएको बताउनु भयो । हिजो सिकाउने र घोक्ने मात्रै थियो भने आज नयाँ प्रविधी अनुसारका शिक्षा सिकाई शुरु भएको केसीले वताउनु भयो । कार्यक्रममा विद्यालयका प्राचार्य गुन्जप्रसाद लुईटेलले विद्यालयममा मात्र सिकाई नपुग्ने भएकाले अभिभावकहरुले घरमा वालबालिकाहरुलाई सहजीकरण गरिदिनु पर्ने वताउनु भयो । वालबालिकाहरुलाई पढाईको वाताबरण बनाउने पछिल्लो समय मोवाईमा झुम्मिने भएकाले त्यता तर्फ ध्यान दिनु पर्ने लुईटेलले बताउनु भयो । विद्यालयले विद्यार्थीहरुको क्षमता अनुसार उनिहरुलाई अध्यापन गराउने र नयाँ नयाँ प्रविधि मार्फत अध्यापन गराईने बताउनु भयो । कार्यक्रममा चेष्टा साप्ताहिकका सह सम्पादक लक्ष्मण तिमल्सिना, विद्यालयका प्रशासकिय प्रमुख प्रशान्त केसी लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य नेपाली शिक्षक श्रीबहादुर कार्कीले राख्नु भएको थियो ।









