2026 June 20/ 12:03: 56am

रोमिका अधिकारी
पाचखाल

    पाँचखाल भ्याली बहुउद्देश्यीय सहकारी संस्था लि. को १२ औं वार्षिक साधारण सभा पाँचखाल नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुन्दर अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    प्रमुख अतिथी अधिकारीले सहकारीहरुले पदीय जिम्मेवारी रुपमा रही आर्थिक रुपमा देखिएको समस्यालाई अन्त्य गर्नुपर्ने बताउनु भयो । स्थानीय स्तरमा बाह्य सहकारीको भन्दा स्थानिय सहकारीको भुमिका महत्वप्ुर्ण रहेको र विश्वसनीय भएको बताउनु भयो । कार्यक्रममा पाँचखाल नगरपालिका कृषि तथा सहकारी विभाग प्रमुख ईश्वर प्रसाद अधिकारीले पाँचखाल नगरपालिकामा १३८ वटा  सहकारी  रहेको बताउदै सहकारीहरुले सहकारीको परिधि र नीति नियम भित्र रहेर कार्य गर्नुपर्ने बताउनु भयो । नगरपालिकाले राम्रो काम गर्ने सहकारीहरुलाई पुरस्कृत गर्ने नराम्रो काम गर्नेलाई कार्वाहि गर्ने बताउनु भयो भने एकै प्रकारका सहकारीहरुलाई मर्जर प्रक्रियामा जान सुझाव दिनुभयो ।
    कार्यक्रममा स्वेच्छा सााकोसका अध्यक्ष ओमकार श्रेष्ठ, प्रगतिशील बहुउद्देश्यीय साकोसका अध्यक्ष केशव प्रसाद काफ्ले, प्रतिष्ठा कृषि साकोसका अध्यक्ष ज्ञान बहादुर थापा लगाएतले शुभकामना राख्नु भएको थियो । कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०७८÷०७९का वार्षिक प्रतिवेदन सचिव केदार लुईटेलले आर्थिक प्रतिवेदन दिलबहादुर श्रेष्ठ र लेखा तथा सुपरिबेक्षण समितीको प्रतिबेदन संयोजक तारानाथ बोलखेले सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थाले ५ करोड ९१ लाख ५९ हजार कारोबार, शेयर पुजीं १ करोड २० लाख ४६ हजार, ऋण लगानी ४ करोड ९६ लाख रहेको जनाएको छ । कार्यक्रममा संस्थाका उत्कृष्ट बाल बचतकर्ता जेष्ठ नागरीक उत्कृष्ट बचतकर्ता लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य पुरुषोत्तम लुईटेलले गर्नु भएको थियो भने सभापतित्व अध्यक्ष भोलानाथ दंगालले गर्नु भएको थियो ।