2026 June 20/ 05:19: 47am

    बनेपा/आर्शु स्मृति प्रतिष्ठानले बाल आश्रममा अनाथ बालबालिकाहरुको प्राविधिक क्षमता  अभिबृद्धि गर्ने उद्देश्यका साथ एक थान कम्प्युटर हस्तान्तरण गरेको छ ।
उपचारको क्रममा धुलिखेल अस्पतालमा निधन भएकी आर्शुको स्मृति दिवसको अवसरमा छोरीको पीडा विसँदै अन्य छोरी बचाउ अभियानका साथ उनका परिवारका तर्फबाट आमा सुस्मिता लामिछाने र बाबु हरेराम काफ्लेले मृत्यु भएकी छोरी आर्शुका नाममा स्मृति प्रतिष्ठान स्थापना गरिएको थियो । छोरी आर्शुको सम्झनामा एक छोरीको पीडामा, हजारौ छोरी बचाउ अभियानको साथमा स्थापना गरिएको आर्शु स्मृति प्रतिष्ठानबाट कम्प्युटर हस्तान्तरण गरिएको हो । प्रतिष्ठानबाट मण्डनदेउपुर नगरपालिका वडा नम्वर ९ मा रहेको सेवक नेपाल नामक संस्थाले खोलेको बालआश्रममा रहेका १५ बालबालिकाहरुका लागि कम्प्युटर हन्स्तान्तरण गरिएको हो । प्रतिष्ठानले अन्य समयमा समेत गरिब, निम्न वर्र्गिय परिवारका सदस्यहरुमा उपाचारको लागि कठिन परिस्थिति परेको अवस्थामा धुलिखेल अस्पताल र आर्शु स्मृति प्रतिस्ठान बिच भएको सम्झौता अनुसार सम्पुर्ण औषधी उपाचार निशुल्क गराउने ब्यवस्था मिलाएको बताएको छ ।