2026 June 20/ 03:22: 38am

एमटेक ईन हेल्थ इन्फरम्याटिक्स’
    धुलिखेल/काठमाडौ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ विभागले नेपालमै पहिलो पटक शुरु गरेको स्नात्तकोत्तर तहको ‘एमटेक ईन हेल्थ इन्फरम्याटिक्स’ विषयको अध्ययन शुरु गरेको छ । पहिलो वर्ष शुरु भएको कार्यक्रममा भर्ना भएका विद्यार्थीहरुलाई बुधबार अन्र्तक्रिया मार्फत कोर्ष र त्यसको भविश्यका बारेमा जानकारी गराईएको छ । 
    कार्यक्रममा प्रोफेसर डिन मनिष पोखरेल, प्रो. डा पन्ना थापा, डा.सुवास प्याकुरेल, डा.बालकृष्ण बल र को अर्डिनेटर सन्तोष खनालले कार्यक्रम र कोर्षका बारेमा जानकारी गराउनु भएको थियो । शुरुमा १० जना विद्यार्थी पढाउने तयारी गरिएको भए पनि २० जनाका लागि विश्वविद्यालयले कोटा निर्धारण गरेको थियो । ‘यो वर्ष १५ जना विद्यार्थीहरु भर्ना गरिएको छ’–को अर्डिनेटर सन्तोष खनालले भन्नुभयो–‘एमविविएस, पब्लिक हेल्थ, आईटी, नर्सिङ्ग अध्ययन गरिसकेका विद्यार्थीहरु यो कोर्ष अध्ययन गर्न भर्ना भएका छन् ।’ २ वर्षे कोर्ष ४ सेमेस्टरमा सकाईनेछ । ४ लाख ३२ हजार रुपैयाँ निर्धारण गरिएको उक्त कोर्ष अध्ययन गर्दासम्म विद्यार्थीहरुले काम गर्ने अवसर पाउने छैनन । विद्यार्थीहरु उर्तिण भए पछि नेपालको मात्रै नभई विश्वकै स्वास्थ्य सम्वन्धी तथ्याङ्क विश्लेषण गर्ने तथा स्वास्थ्य सम्वन्धी नीति निर्माण गर्न सक्षम हुनेछन् । उर्तिण भएका विद्यार्थीहरुले इन्टरओपेरिविलिटी ल्याबमा काम गर्नेछन् । 

के हो एमटेक ईन हेल्थ इन्फरमेटिक्स ? 
    काठमाडौं विश्वविद्यालयले श्ुरु गरेको स्नातकोत्तर तहको ‘हेल्थ इन्फरम्याटिक्स विषय स्वास्थ्य विज्ञान तथा सूचना प्रविधिको समिश्रण हो । यो कोर्ष विश्वविद्यालयले नेपालमै पहिलोपटक अध्यापन गराउन लागेको हो । उक्त विषयको प्रमुख उद्देश्य स्वास्थ्य क्षेत्रसँग सम्बन्धित रहेरतथ्याङ्क प्रशोधन गर्ने, स्वास्थ्य प्रणालीहरुको विकास गर्ने तथा स्वास्थ्य क्षेत्रमा नविन खोज एवं अन्वेषण गर्ने रहेको छ । नेपालमा मात्र नभएर विश्वभर हेल्थ इन्फरम्याटिक्सका जनशक्तिको प्रचुर आवश्यकता रहेकोले  काठमाडौं विश्वविद्यालय स्नातकोत्तर तहको शैक्षिक कार्यक्रममा यो विषय शुरु गरिएको हो । स्कूल अफ इन्जिनियरिङका डिन प्रा.डा मनिष पोखरेलले दिगो विकास लक्ष्यले प्राथमिकिकरण गरेको लक्ष्य ३ अन्र्तगत हेल्थ इन्फरम्याटिक्स विषयको महत्व रहेको बताउनु भयो । यो कार्यक्रमका लागि काठमाडौं विश्वविद्यालयले विश्वका विभिन्न विश्वविद्यालयसँग सहकार्य गरेको छ । डिपार्टमेन्ट अफ कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङका विभागिय प्रमुख सह प्रा.डा.बालकृष्ण बलले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका विषय विज्ञहरुको सहभागितामा उक्त विषय शुरु गरिएको बताउनु भयो ।