2026 June 20/ 01:08: 23am

    महाभारत/महाभारत गाउँपालिकामा पालिका स्तरीय पोषण तथा टिभी कार्यक्रमको समिक्षा र आगामी कार्ययोजनाका बारेमा दुई दिने गोष्ठी सम्पन्न भएको छ । 
    स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम सेढाईको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता कान्छामान जिम्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत हरि सिं विष्ट, स्वास्थ्य कार्यालय काभ्रेका दिपेन्द्र श्रेष्ठ, सिता श्रेष्ठ, सपना केसी लगायतले पोषण तथा टिभी कार्यक्रमका अलावा पछिल्लो समय महाभारत गाउँपालिकामा फैलिएको रेविज रोग नियन्त्रणमा स्वास्थ्यकर्मीहरुको भूमिका बारेमा जानकारी गराउनु भएको थियो । महाभारतका विभिन्न वडामा मरिरहेका पुशहरुका कारण नागरिकहरुमा फैलन थालेको त्रासलाई कम गर्न भ्याक्सिन अभियानलाई तिब्र बनाउन, रोग नियन्त्रण गर्न अपनाउनु पर्ने उपायका बारेमा स्वास्थ्यकर्मी सचेत हुनुपर्ने प्रमुख प्रशासकिय अधिकृत हरि सिं विष्टले जानकारी गराउनु भयो । 
    कार्यक्रममा पालिका भित्र कार्यरत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ । महाभारत गाउँपालिकाका बालबालिकाहरुमा पोषणको अवस्था, आगामी दिनमा पोषणलाई प्रभावकारी बनाउने योजनाका साथै टिभी नियन्त्रण र अवस्थाका बारेमा स्वास्थ्यकर्मीहरुले जानकारी गराएका थिए ।