2026 June 19/ 10:39: 50pm

    बनेपा/नेपाल कानून तथा लेखापढी ब्यवसायी संघ काभ्रेले नेकपा एमालेका उम्मेदवारहरुलाई मतदान गर्न आब्हान गरेका छन् । काभ्रेका ६ वटै निर्वाचन क्षेत्रमा एमालेबाट उम्मेदवारी दर्ता गरेका ब्यक्तिहरुलाई मतदान गरी काभ्रेको मालपोत कार्यालय तथा भूमी ब्यवस्थापनका लागि असल नीति बनाउन सहयोग पु¥याउनु पर्ने निश्कर्ष निकालेका छन् । 
    अध्यक्ष रोशनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री गोकुल बास्कोटा, केन्द्रीय सदस्य रेशम लामा, पुर्व मन्त्री चन्द्र लामा, बागमती प्रदेश कमिटी सदस्य कुमार थापा, कुमार खकुरेल, दिलिप तामाङ उम्मेदवार छन् । एमालेले काभ्रे जिल्लाको भूमी ब्यवस्थापनका लागि गरेको पहल तथा मालपोत र नापी सुधारका लागि थालेका सकारात्मक प्रयासका बारेमा चर्चा भएको थियो । भुम्लु गाउँपालिकाका दुईवटा वडाको जग्गा नापीका लागि मन्त्री बास्कोटाले कार्यालय शुरुवात गरेर कार्य शुरु गरेको भए पनि सरकारबाट छाडे लगत्तै उक्त कार्यालय बन्द गरी कार्य स्थगित भएको थियो । जिल्लाको अन्य स्थानमा भएका भूमिका समस्याका बारेमा एमालेको नेतृत्वमा भएका पहलका बारेमा छलफल भएको थियो । अहिले ५ महिना देखि जग्गा खरिद विक्री स्थगित भएको छ । गठवन्धनका तर्फबाट गर्नै नसकिने जग्गाको राजश्व घटाउने झुटा आश्वासन दिन थालिएको छ । कार्यक्रममा शिव न्यौपाने लगायतले मन्तब्य राखेका थिए ।