2026 June 19/ 10:25: 06pm

    बनेपा/समाज डेण्टलले आफ्नो सेवालाई विस्तार गरी बनेपा नगरपालिकाको  चाँदनी चोकमा शाखा शुरुवात गरेको छ । 
    डेण्टलको शाखा उद्घाटन पुर्व राज्यमन्त्री कन्चन बादेले एक कार्यक्रमका बिच गर्नु भएको थियो । बादेले बनेपा नगरबासीले मात्रै नभई बनेपा पुर्वका जनताले पनि सेवा पाउने बताउनु भयो । बनेपामा सामान्य नागरिकले पनि नगर भित्र सजिलै सगं आवश्यक सेवा पाउनु पर्ने बताउनु भयो । समाज डेण्टल बनेपाका प्रमुख सञ्जीब ढुंगेलले ३० वर्ष अघि बानेश्वरबाट शुरु गरिएको डेण्टल सेवाले बनेपा सहित ७ ठाँउबाट सेवा प्रदान गरेको बताउनु भयो । दाँत तथा मुखको उपचारमा उच्च गुणस्तरका साथ साधारण शुल्कमा सेवा प्रदान गर्दे आएको, उपचार शुल्कमा सबै ठाँउमा एक समानका साथ रहने, दन्त्य स्वास्थ्य सगं सम्बनिधत सबै किसिमका उपचारहरुमा आधुनिक प्रविधि एवं विशेषज्ञ चिकित्सकहरुद्धारा उपचार गरिने ढुंगेलले बताउनु भयो । 
    डेण्टलमा सामान्य दन्त्य चिकित्सा, वाङगो टिङगो दाँत मिलाउने, बच्चाहरुको दाँत सम्बनधी उपचार, कृत्रिम दाँत राख्ने, डेण्टल इम्प्लान्ट, दाँत तथा मुखको सर्जरी लगाएतका सेवाहरु उपलब्ध रहेको ढुंगेलले बताउनु भयो । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, वडा नम्बर ९ का वडा अध्यक्ष नृपेश बादे लगाएतको सहभागिता रहेको थियो ।