बनेपा/बालमैत्री समाजको आधार, भन्ने मूल नाराका साथ राष्ट्रिय बाल दिवसको अवसरमा ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा कक्षा प्ले ग्रुप देखि कक्षा ३ सम्मका करिब ५ सय बालवालिकाहरुलाई पूजा गर्दै विभिन्न सामग्री उपहार स्वरुप वितरण गरिएको थियो । विद्यालयले विद्यार्थीहरुलाई पाठ्यक्रमको अलावा व्यवहारिक ज्ञानसँग पनि परिचित गराउँदै आइरहेको जानकारी दिएको छ ।
उक्त दिन करिब ५ सय जना नानी÷बाबुहरुलाई समान रुपमा पूजा गर्दै उपहार प्रदान गरिएको प्रतिष्ठानका सञ्चालक तथा प्रबन्ध निर्देशक प्रताप वैद्यले बताउनु भयो । कार्यक्रममा विद्यालयका शिक्षक÷शिक्षिकाहरुका साथै कक्षा ६ देखि १० का विद्यार्थीहरुले स–साना नानी÷बाबुहरुलाई उपहार प्रदान गरेका थिए । साना नानी बाबुहरुलाई कापी, कलम (स्टेशनरी) फलफूल, खाजा, चङ्गा लगाएत विभिन्न सामानहरु प्रदान गरिएको थियो । विद्यालयका यस्ता अतिरिक्त कार्यक्रमहरुबाट विद्यालय जीवन देखि कला, संस्कृति र सामाजीक कार्यको जगेर्नाका साथै व्यवहारीक शिक्षामा पनि सकारात्मक सन्देश गएको कुरा विद्यालयका शिक्षक शिक्षिका बताउनु भएको थियो ।









