2026 June 19/ 08:57: 14pm

    बनेपा/नेवाः पत्रकार राष्ट्रिय दबु काभ्रे शाखाको चौथो अधिबेशन बनेपामा सम्पन्न भएको छ । अधिबेशनबाट सोमकाजी शाक्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । 
    समितिको उपाध्यक्षमा शम्भुलाल श्रेष्ठ, महिला उपाध्यक्ष भारती श्रेष्ठ, सचिब प्रकाशबहादुर कायस्थ, कोषाध्यक्ष राज्यलक्ष्मी श्रेष्ठ, सहसचिब दिलिप श्रेष्ठ, सह सचिब महिला विपसना शाक्य र सदस्यहरुमा भुवन भोछिभोया, हर्षनारायण कर्माचार्य, रामलाल मानन्धर, विकु नारायण ताम्राकार, धुव्र्रकृष्ण मानन्धर र प्रशान्त श्रेष्ठ रहनु भएको छ । कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय अध्यक्ष सुरजबीर कंसाकारले गर्नु भएको थियो । कार्यक्रममा निर्वतमान अधयक्ष सिद्धिबहादुर कर्मचार्य लगाएतको सहभागिता रहेको थियो । अधिबेशनले केन्द्रिय पार्षदमा मोहन दुवाल, सुर्य प्रसाद लाकोजु, प्रदेश पार्षद्मा सिद्धिबहादुर कमर्चाय, विश्वनाथ ताम्राकार, टिकाभक्त भोछिभोया, र पुनमायाँ कर्मचार्यलाई चयन गरेको छ ।