नाला/श्री श्वेत वराह मावि र जापानको सिन्सीयु विश्वबिद्यालयका विधार्र्थीहरु बीचमा प्रत्यक्ष कुराकानी र प्राविधिक बिधालयको पठनपाठन र प्रविधि हस्तान्तरणका बिषयमा छलफल सहित अन्तरकिृया भएको छ ।
श्वेतबाराह विद्यालयमा पाठ्यक्रम र जापानमा रहेको विश्वविद्यालयमा अध्यापन गराईएको पाठ्यक्रमलाई साटासाट गरी जापानमा अध्यापन भईरहेको कृषि प्रविधि र यहाँ अध्यापन गराउदै आएको कृषि प्रविधिका विषयमा छलफल भएको थियो । प्रविधिलाई कसरी प्रयोग गर्ने र जापानको प्रविधि अनुसार श्वेतवाराह विद्यालयमा अध्यापन हुदै आएको कृषि विषयलाई थप ब्यबहारीक, प्रयोगात्मक बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । अन्र्तक्रियामा विद्यार्थीहरुले आफुले अध्ययन गर्दै आएको विषय र जापानको विश्वविद्यालयमा अध्यापन हुदै आएको कृषि विषयमा जिज्ञासा राखेका थिए । एसिटी फाउण्डेशनको सहयोगमा नेपालका ३ वटा विद्यालयमा उक्त कार्यक्रम शुरु गरिएको कार्यक्रम संयोजक कल्पना श्रेष्ठले जानकारी दिनु भयो । जापानको कृषि प्रविधिलाई नेपालमा कसरी प्रयोग गर्न सकिन्छ र त्यहाँको विश्वविद्यालयमा अध्यापन भैईरहेको कृषि विषयलाई यहाँका विद्यार्थीहरुलाई सिक्ने अबसर प्राप्त गरी ब्यबसायी कृषिलाई सहयोग पुग्ने विश्वास ब्यक्त गर्नु भएको थियो । नेपालको पाठ्यक्रम अनुसार जापनिज सिन्सीयु विश्वविद्यालयका मास्टर लेभलमा अध्यापन गर्ने र प्लस टुमा अध्यन गर्ने ३ जना प्रोफेसरले श्वेत वाराह माविमा सिकाईरहेका छन् । समय समयमा जापानका विद्यार्थी र श्वेत बराहका विद्यार्थीहरु विच अन्र्तक्रिया गराउदै शिक्षण सिकाईमा थप मद्धत पुग्ने विद्यालयका प्रध्यानाध्यापक जिवन भण्डारीले वताउनु भयो ।
श्वेत बाराह माविमा केहि वर्ष पहिलादेखी कक्षा ९ बाट नै कृषि विषयमा अध्यापन हुदै आएको छ । पढाई सगै ब्यबहारीक शिक्षालाई जोड दिएको उक्त विद्यालयले विभिन्न सघं सस्थाहरुको सहयोगमा पढाई सगै प्रयोगात्मक विधि मार्फत शिक्षा प्रदान गर्दै आएको छ । उक्त संस्थाले केहि वर्ष पछि विद्यार्थीहरुलाई जापानको विश्वविद्यालयमा लैजाने र उताका विद्यार्थीहरुलाई यता ल्याई अनुभव साटासाट गर्ने जनाएको छ ।









