2026 June 19/ 08:57: 16pm

बनेपा/बनेपा नगरपालिकाको आयोजनामा ५८ औ राष्ट्रिय बाल दिवसको अवसरमा बालमैत्री समाजको आधार जिम्मेवार परिवार उत्तरदायी सरकार विषयक नगर स्तरीय बक्तृत्वकला प्रतियोगिता कार्यक्रम आयोजना गरेको छ । 
    नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरका २८ वटा विद्यालय सहभागि रहेका थिए । नगर प्रमुख शान्तिरत्न शाक्यले नगरका सामुदायीक तथा नीजि विद्यालयहरुलाई गुणस्तरमा कुनै सम्झौता नगर्न आग्रह गर्नु भएको थियो । पछिल्लो समय शिक्षामा गुणस्तरता खस्कदै गएकाले त्यसप्रति अभिभाबक, विद्यार्थी र शिक्षक सबैले सोच्नु पर्ने भएको शाक्यले वताउनु भयो । नगरपालिकाको तर्फबाट गुणस्तरीय शिक्षाका लागी गर्नु पर्ने कुनै काम नरोकिने तर त्यही अनुसारको शिक्षकहरुले पनि कार्य गर्न अनुरोध गर्नु भएको थियो । कार्यक्रममा नगरपालिकाका उप प्रमुख विमला सापकोटाले पढाई सगै यस्ता अतिरिक्त कार्यक्रमले पनि विद्यार्थीहरुलाई उत्कृष्ट बनाउने बताउनु भयो । नगरपालिकाले समय समयमा यस्ता कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुमा भएको प्रतिभाहरुलाई  प्रस्फुटन गर्न सहयोग पुग्ने सापकोटाको भनाई थियो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश आचार्य, महिला तथा जेष्ठ नागरीक शाखा अधिकृत विजया सुवेदी, पुर्व वडा अध्यक्ष सुर्यनारायण श्रेष्ठ, जिल्ला बालकल्याण समितीका पुर्व अध्यक्ष रामकुमार मुल्मी लगाएतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य प्रशासकिय अधिकृत धुर्वराज नेपालले गर्नु भएको थियो ।