मानव सेवा आश्रममा खाद्यान्न र नगद
बनेपा/गोर्खा विकास बचत तथा ऋण सहकारी संस्था लि. १० औं वर्षमा प्रबेश गरेको छ । संस्था १० औ वर्ष प्रवेश गरेको अवसरमा धुलिखेल नगरपालिका वडा नम्बर १२ स्थित मानब कल्याण सेवा समाजलाई खाद्यान्न तथा नगद प्रदान गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्य गरेको संस्थाका अध्यक्ष .अजय श्रेष्ठले बताउनु भयो ।
वि.सं २०६९ साउन २५ गते तत्कालिन बनेपा नगरपालिका वडा नं ५ मा स्थापित सहकारी संंस्था लि.ले छोटो समयमा आफ्नै भवनबाट कारोवार सुरुवात गरेको प्रबन्धक किशोर दुलालले बताउनु भयो । संस्थाका कार्यक्षेत्र काभ्रे जिल्लाभरी र भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकासम्म विस्तार गरि सदस्यलाई लघुवित्त तथा वित्तिय सेवा प्रदान गर्दै आइरहेको दुलालले बताउनु भयो । संस्था अहिले बनेपा ७ भिमसेनस्थानमा आफ्नै भवनबाट संचालित छ भने पाँचखाल र भकुण्डेवेशीमा सदस्य सेवा केन्द्र रहको छ । निकट भविष्यमा भक्तपुर जिल्लाको चागुँनारायण नगरपालिकामा पनि सदस्य सेवा केन्द्र स्थापना गर्ने योजना रहेको दुलालले जानकारी दिनुभयो ।
संस्थाको आर्थिक वर्ष २०७८/०७९ असार मसान्तसम्ममा रु ३ करोड १९ लाख ८० हजार शेयर पुजीं रहेको छ भने बचत निक्षेपमा २७ करोड ७९ लाख ५५ हजार, ऋण लगानी २९ करोड ३७ लाख ७ हजार, जगेडा कोष १ करोड ४० लाख १२ हजार र कूल कारोबार ४२ करोड ५५ लाख रहेको छ ।
संस्थाले सहकारी ऐन, नियम कार्यविधि मापदण्ड र संस्थाको विनियम र नियमावलिको अधिनमा रहि सहकारी मार्फत सदस्यहरुको जीवनस्तर वृद्धि र वित्तिय जागरण ल्याउनको लागि विभिन्न खालका कार्यक्रम, समय समयमा विभिन्न सामाजिक कार्यहरु गर्दे आएको छ । संस्थाले १० दश लाख रुपैँयाँ ऋण विमा, सदस्य वा आफन्तको मृत्यु राहत, वित्तिय जागरण, स्वास्थ्य शिविर, दन्त शिविर, राहत वितरण, पुशुपालन तालिम, सदस्यहरुलाई विउ विजन तथा कृषि अभिमुखिकरण तालिम, लघुवित्त तालिम एकल महिलालाई भत्ता वितरण, सुत्केरी भत्ता वितरण, कुखुरा तथा बट्टाई पालन तालिम, जेष्ठ नागरिक भत्ता वितरण, स्थानिय पर्व तथा मठ मन्दिरमा मेला पुजा पाठ भएको समयमा निःशुल्क खानेपानी वितरण, लघुवित्तमा आबद्ध महिला सदस्यलाई हरितालिका तिजको अवसरमा चुरा, धागो, पोते वितरण, समय समयमा सदस्य र संस्था विच अन्र्तकृया कार्यक्रम, लेखापढी व्यवसायीसँग अन्र्तकृया, विभिन्न ब्यापार ब्यबसायीहरु सँग अन्र्तक्रिया, एसईईमा सर्वोकृष्ट अंक हासिल गर्नेलाई प्रत्येक वर्ष साधारण सभामा सम्मान कार्यक्रम, तिज विशेष कार्यक्रम लगायतका थुप्रै कार्यहरु गर्दै आएको प्रबन्धक किशोर दुलालले बताउनु भयो ।









