2026 June 19/ 04:48: 26pm

बनेपा/राजनीतिमा सक्रिय बनेपा साँगाका रामहरी श्रेष्ठले दैनिक जीवनमा प्रयोग हुने कस्मेटिक सामाग्री विक्री वितरण गर्ने गरी गुड हेल्थ केयर सेन्टर प्राली स्थापना गरी ‘स्वस्थ स्वास्थ्य, सुन्दर सौन्दर्य’ अभियान शुरु गरेका छन् । 
    आईतबार बनेपामा उत्पादन गरी बिक्री शुरु गरिएका महिला तथा पुरुषहरुको सौन्दर्यका लागि फेसियल वार, ब्लाक वाईल, स्याम्पु, ह्याण्ड वास, डिसवास, ग्रिनटी, गिल्सिरिङ्ग लगायतका सामाग्रीहरु बजारमा आएको अध्यक्ष रामहरी श्रेष्ठले बताउनु भयो । ‘नेपालमै उत्पादन भएका बस्तुहरु नेपालकै बजारमा विक्री गरी स्वदेशमै पुँजी परिचालन गर्ने उदेश्यले कम्पनी मार्फत विभिन्न सामानहरु विक्री गर्न थालिएको हो’–अध्यक्ष रामहरी श्रेष्ठले भन्नुभयो–‘ब्यक्तिको सौन्र्दय देखि स्वास्थ्यसम्म यि सामाग्रीहरु प्रयोगमा आउनेछन् ।’ कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य सुरकृष्ण बैद्यले आयुर्वेदबाट तयार भएका सामाग्रीहरुको प्रयोगले ब्यक्तिलाई मात्रै नभई मुलुकको अर्थतन्त्रमा समेत योगदान पुग्ने बताउनु भयो । ब्यक्ति स्वस्थ हुने मात्रै नभई ब्यक्तिले राष्ट्रका लागि पु¥याउने योगदान पनि महत्वपूर्ण हुने बताउँदै केन्द्रीय सदस्य बैद्यले मुलुक निर्माणका लागि स्वदेशी उत्पादनलाई प्राथमिकता दिनु पर्ने बताउनु भयो । सौन्दर्यकला ब्यवसायी संघको समन्वयमा आयोजना गरिएको कार्यक्रममा ब्युटिसियन महिलाहरु सहभागि थिए । कार्यक्रममा सौन्दर्यकला ब्यवसायी संघका अध्यक्ष सुस्मा प्रधान, पुर्व अध्यक्षहरु, काभ्रे लेडिज जेसीजका अध्यक्ष सुमित्रा बादे श्रेष्ठ, कम्पनीका प्रवन्धक राजु गोतामे लगायतले उत्पादित सामान र त्यसको प्रयोगबाट हुने फाईदाका बारेमा जानकारी गराउनु भएको थियो ।