2026 June 17/ 11:42: 00am

बनेपा/जिल्लाको एक मात्र विद्यालय नसंरी देखी मास्टर तह सम्म अध्यापन हुने विद्यालयमा युकेजीमा अध्यनरत बालबालिका हरुलाई दिक्षित गरिएको छ । 
ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान द्धारा सञ्चालित ज्ञानकुञ्ज किन्डर गार्टेनमा यु.के.जी. तहमा अध्ययनरत १ सय ९० जना विद्यार्थीहरु दिक्षित भएका छन् । दिक्षन्त कार्यक्रम शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यको प्रमुख आतिथ्यता रहेको थियो ।
 अध्यक्ष  वैद्यले शैक्षिक गुणस्तर, आधुनिक शिक्षण सिकाई, बैज्ञानिक र बालमैत्री ढंगले अभिभावकहरुका बिच लोकप्रिय रहेको विद्यालय आगामी दिनहरुमा समेत अझै सशक्त र सबल हुदै सबैको मन जित्न सफल हुने बिश्वास व्यक्त गर्नु भएको थियो । बैधले दिक्षित विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै उत्तरोत्तर प्रगति र उज्जवल भविष्यको कामना समेत गर्नुभएको थियो । 
 कार्यक्रममा प्रतिष्ठानका सञ्चालक आत्माराम थापा, सहायक प्रिन्सिपल, अभिभावक, शिक्षक÷शिक्षिकाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्यले प्रतिष्ठानले बालमैत्रि वतावरणमा बाल मनोपरार्मशदाताहरु सहितको उपस्थितीमा शिक्षण सिकाई क्रियाकलाप गर्दे शैक्षिक सत्र २०७९ मा पनि  विद्यार्थीहरुको शिक्षाका साथ साथै नेतृत्व विकासका लागि पढाई संग सम्बन्धीत विभिन्न किसिमको थप कार्यक्रमहरुको आयोजना गर्ने प्रतिवद्धता गर्नु भयो । ‘शिक्षा’ मानव जीवनको अपरिहार्यता र जीबनशैली सँग सम्बन्धित रहेकोले समयको माग अनुरुप शिक्षाको संरचना परिवर्तन गर्दे नैतिक, व्यावहारीक शिक्षाका लागी ज्ञानकुञ्ज सदैब लागी रहने बताउन ुबैधले  भयो ।