2026 November 06/ 02:06: 50pm

          बासडोल/नेपाल रेडक्रस सोसाईटी महेन्द्रज्योति उपशाखा र युवा परिवर्तन समाज बासडोलको संयुक्त आयोजनामा खुला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । २८ दाताहरुले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाले गरेको थियो । 
         रक्तदान केवल रगत दिनु मात्र होइन, कसैको जीवन बचाउने मानवीय सेवा हो । रक्तदानप्रतिको सकारात्मक सोच, मानवीय भावना र सामाजिक एकतालाई अझ मजबुत बनाएको आयोजकले बताएका छन् । नेपाल रेडक्रस सोसाईटी महेन्द्रज्योति उपशाखाका सभापति मुकुन्द शर्मा वाग्लेले रगत अभाव भईरहेको समयमा रक्तदान कार्यक्रम आयोजना गरी मानविय सहयोग गरेको बताए ।