बनेपा/अन्तराष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा मिसेस नेपाल वल्र्ड २०२३ का द्दलम च्गललभच गउ निशा बिष्टले धुलिखेल नगरपालिका २ नम्बर वडा रविका ६० जना महिलाहरुलाई २/२ वटा पुन प्रयोग गर्न मिल्ने कपडाको सेनेटरी प्याड वितरण गरेकी छन् ।
उक्त प्याड स्वास्थ, वातावरणिय र आर्थिक पक्षले कपडाको प्याडहरु राम्रो हुने विष्टले बताईन् । समाजले महिनावारीलाई हेर्ने दृष्टिकोण बदल्न र मर्यादित महिनावारीको आन्दोलनमा जनचेतना जगाउँदै त्यसमा सकारात्मक परिवर्तन प्रबद्र्धन गर्ने उद्देश्यका साथ महिनावारी दिवस मनाउँदै आएको छ । नेपालले संयुक्त राष्ट्र संघले घोषणा गरेको १६ दिने अभियानको १४ औं दिन, डिसेम्बर ८ लाई अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको रुपमा मान्यता दिन संयुक्त राष्ट्र संघको महासभामा दवाव दिइदै आएको छ । विष्टले आफुले पनि समाजका लागी केहि गरौ भन्ने भावनाले उक्त सेनेटरी प्याड वितरण गर्दे समाजले हेर्ने महिनावारीलाई हेर्ने दृटिकोणबदल्न सहयो पुग्ने विश्वास ब्यक्त गरिनँ ।









