2026 October 30/ 05:46: 43pm

    बनेपा/प्रतिभा सम्मान प्रबन्ध गुठीले काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न क्षेत्रका ९ जना ब्यक्तिहरुलाई सम्मान गर्ने भएको छ । अध्यक्ष मोहन दुवालको अध्यक्षतामा बुधबार बनेपामा बसेको गुठीको बैठकले उक्त निर्णय गरेको अध्यक्ष दुवालले जानकारी दिए । 
    प्रतिभा सम्मान प्रवन्ध गुठीले हरेक वर्ष जिल्लाका तीन जना प्रतिभाहरुलाई सम्मान गर्दै आएकोमा २०७७ सालमा कोभिड १९ का कारण गर्न नसकेकाले यो वर्ष २०७७ साल देखि क्रमशः २०७९ सम्म प्रत्येक वर्ष तीन जनाका दरले सम्मान गर्न लागिएको अध्यक्ष दुवालले जानकारी दिए । २०७७ सालको सम्मानबाट काभ्रेका तीन पत्रकारहरु नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष भोला थापा, निर्वतमान अध्यक्ष मोतीराम तिमल्सिना र पत्रकार दिपक सापकोटा छन् । त्यस्तै २०७८ सालको सम्मानबाट तिन जना साहित्यकारहरु यादव खरेल, सुर्यप्रसाद लाकोजु र रत्नप्रसाद अनामणीलाई सम्मान गर्न भएको छ । त्यस्तै २०७९ सालको सम्मानबाट काभ्रेका तीन उद्यमी महिलाहरु सम्मानित हुने भएका छन् । कमला लामा, निरु बैदार र ज्योत्सना सैंजु उद्यमी महिला प्रतिभाबाट सम्मानित हुने भएका हुन् । सम्मानित हुनेहरुलाई नगद १५ हजार सहित २०८० पुष २८ गते उक्त सम्मान प्रदान गरिनेछ ।