2026 June 21/ 01:04: 00am

बनेपा/हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औ बार्षिक साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ । अध्यक्ष नारायणप्रसाद तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कानुन ब्यवसायी रमेशप्रसाद हुमागाईको प्रमुख आतिथ्यता रहेको थियो । 
    सभामा अध्यक्ष तिमल्सिनाले बार्षिक प्रतिवेदन, सचिव हुद्दराज तिमल्सिनाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष रमेश न्यौपानेले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक प्रकाश तिमल्सिनाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेको प्रवन्धक सन्दिप अधिकारीले जानकारी दिए । सभामा बार्षिक कारोवार तथा पछिल्लो समय सहकारीमा देखिएका समस्या समाधानमा सहकारीले खेल्नु पर्ने भूमिकाका बारेमा जानकारी गराईएको थियो । अधिबेशनको बन्द सत्रले पुनः नारायण तिमल्सिनाको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । उपाध्यक्ष सुभद्रा तिमल्सिना बजगाई, सचिव हुद्दराज तिमल्सिना, कोषाध्यक्ष रमेश न्यौपाने रहेका छन् भने सदस्यहरुमा गणेश बडाल, प्रदिप गौतम, देवकी सापकोटा, बद्रिप्रसाद तिमल्सिना र शान्तादेवी बजगाई रहेका छन् । लेखा सुपरिवेक्षण समितिमा संयोजक प्रकाश तिमल्सिना निर्विरोध भएका छन् ।