2026 June 20/ 10:23: 48pm

    बनेपा/एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई सदस्य शिक्षा शिविर अन्र्तगत साधारण सभा समिक्षा, वर्तमान परिप्रेक्ष्यमा सहकारीको अवश्था र चुनौती, संस्था र सदस्यको अन्र्तसम्बन्ध, संस्थामा सदस्यहरुको भूमिका, जिम्मेवारी र महत्व आदिको विषयमा बृहत्तर छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 
    सोहि अवसरमा मोबाईल बैकिङ्ग एप शुभारम्भ गरेको छ । संस्थाका अध्यक्ष ईश्वर के.सी.को सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका निर्वतमान अध्यक्ष देवसागर लामालाई धन्यबाद दिईएको थियो । बचत कारोबार अन्र्तगत संस्थामा प्रंशसनीय बचत कारोबार गर्र्ने बचतकर्ताद्वय दुर्गा राई र सावित्री राउतलाई प्रंशसा पत्र र संस्थाका कर्मचारी राधिका मानन्धर (मुख्य बचत तथा ऋण सहायक), विनु प्रधान (सदस्य सेवा प्रतिनिधी) र विदिप कायष्ठ (सदस्य सेवाप्रतिनिधी) लाई  विगत १५ वर्ष देखि संस्थामा निरन्तर सेवा पु¥याए वापत सर्मपित कर्मचारीको रुपमा प्रशंसापत्र प्रदान गरिएको थियो । संस्थाका सचिव उद्धवप्रसाद तिमल्सिना, एसओएस बालग्रामका पूर्व राष्ट्रिय निर्देशक तथा काठमाण्डौ यूनिर्भसिटीका प्राध्यापक इश्वरी शर्मा, प्रेस यूनियनका सदस्य ईश्वरी ओझा, पूर्व प्रदेश सहकारी मन्त्री चन्द्र लामा, निर्वतमान अध्यक्ष देवसागर लामा, सदस्य दयाराम महत लगाएत उपस्थित सदस्यहरुले धारणा राखेका थिए । सदस्यहरुको लागि संस्थाको प्रस्तुतीकरण सहित सदस्य शिक्षात्मक कार्यक्रम संस्थाका प्रमुख कार्यकारी अधिकृत अरुण थापाले प्रस्तुत गरेका थिए । दोश्रो चरण अन्र्तगत महिला तथा बालबालिकालाई लक्षित गरि सहकारी शिक्षात्मक कार्यक्रम संचालन गर्ने प्रमुख कार्यकारी अधिकृत थापाले बताए ।