2026 June 20/ 01:40: 00pm

बनेपा/काभ्रे माध्यमिक विद्यालय आयोजनामा जिल्लामै पहिलो पटक जिल्ला ब्यापी अन्तर माध्यमिक विद्यालयस्तरीय एसईई कप फुटशल २०८० सम्पन्न भएको छ । 
प्रतियोगितामा १८ वटा विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए । प्रतियोगितामा प्रथम धुलिखेल ईङ्गलिस बोडिङ्ग धुलिखेल, द्वितिय गोल्डेन सिद्धार्थ मावि र तृतिय केयुएचएस भएका छन् । 
खेलको उद्घाटन विद्यालयका प्रिन्सिपल कुमार मानन्धरले गर्नु भएको थियो । मानन्धरले विद्यार्थीहरुलाई एक अर्का सँग परिचयात्मक, परीक्षा दिएर बसको समयको सदुपयोग र खेलकूदको विकासका लागी उक्त प्रतियोगिताको आयोजना गरिएको बताउनु भयो । खेलकूद भनेको अनुशासन मात्रै नभएर मानिसलाई स्वस्थ बनाउन समेत मद्दत पुग्ने भएकोले खेललाई निरन्तरता दिनुपर्ने मानन्धरले बताउनु भयो । विद्यालयले समय समयमा अन्तर विद्यालय हाजिरी जवाफ, बक्तृत्वकला जस्ता कार्यक्रमहरु आयोजना गर्दै आएको प्रिन्सिपल मानन्धरले बताउनु भयो । प्रतियोगितामा सहायक प्रिन्सिपल विकास श्रेष्ठ, केशव श्रेष्ठ कार्यक्रम संयोजक उद्वव लुईटेल लगायतको सहभागीता रहेको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई ट्रफि, मेडल र प्रमाण पत्र  प्रदान गरिएको थियो ।