दाप्चा/दाप्चामा बाथरोग सम्वन्धी स्वास्थ्य शिविर भएको छ । नेपाल रेडक्रस सोसाइटी डराउनेपोखरी उपशाखा तथा सहयोगी महिला जागरण मञ्चको सहकार्यमा नेशनल बाथरोग सेन्टरको प्राविधिक सहयोगमा दाप्चा माध्यमिक विद्यालयमा निशुल्क स्वास्थ्य परिक्षणमा ८८ जनाले परिक्षण गराएका थिए ।
शिविर उद्घाटन नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले गर्नु भएको थियो । जनतालाई स्वास्थ्य सुविधा पु¥याउन आफू सधै प्रतिबद्ध भएको लामाले बताउनु भयो । शिविर कार्यक्रममा नगर प्रवक्ता एवं वडा नं ६ का अध्यक्ष टिकाबहादुर केसी, वडा नं ८ का अध्यक्ष शेरबहादुर तामाङ, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष एवं दाप्चा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर अधिकारी, प्रधानाध्यापक दिनेशप्रसाद अधिकारी, डराउनेपोखरी स्वास्थ्य चौकी इञ्चार्ज पुरूषोत्तम न्यौपानेसहित, रेडक्रसकर्मी, दाप्चा मावि जुनियर रेडक्रस सर्कलका विद्यार्थीहरुको उपस्थिती थियो । शिविरमा विशेषज्ञ डाक्टर तथा स्वास्थ्यकर्मीहरूबाट स्वास्थ्य परिक्षण गरी निशुल्क औषधी समेत वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी डराउनेपोखरी उपशाखाका सभापति नविन अधिकारीले जानकारी दिनु भयो । अधिकारीले परिक्षण पछि समस्या देखिएकालाई थप स्वास्थ्य परिक्षण पनि निशुल्क गरिएको जानकारी दिनु भयो ।









