बनेपा/सन् २०२२ मा नेपालकै एक मात्र एक्सेस ब्राण्ड प्राप्त गर्न सफल चण्डेश्वरी हजुरको हातमा ः हजुरको समृद्धी चण्डेश्वरीको साथमा भन्ने मुल नाराका साथ स्थापना भएको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३४ औ वार्षिक उत्सवका अवसरमा साकोसले बनेपा नगरपालिका वडा नम्बर ४ करुणामाई मन्दिर सगै सेवा कार्यलय सञ्चालनमा ल्याएको छ ।
सेवा कार्यालयको उद्घाटन जिल्ला सहकारी सघं लिका अध्यक्ष दिलिप शर्माले गर्नु भएको थियो । कार्यक्रममा काभ्रे पलाञ्चोक जिल्ला बचत सघंका अध्यक्ष उदयराम कायस्थ बनेपा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठ साकोसका प्रमुख सल्लाहकार विकास बादे, स्थानीय समाजसेवी सिद्धिबहादुर कर्माचार्य लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा साकोसका प्मुख कार्यकारी अधिकृत झोलेन्द्र दाहालले नालामा सेवा केन्द्र खोल्नुको उदेश्यका बारेमा र संस्थाको हाल सम्मको प्रगती प्रश्तुत गर्नु भएको थियो । संस्थाको हाल सम्मको कुल कारोबार १ अर्व २६ करोड रहेको र खराब ऋण २ प्रतिशत रहेको र १० प्रतिशत संस्थागत कोष रहेको बताउनु भयो । दाहालले अहिले सहकारीका बारेमा बजारमा विभिन्न हल्लाहरु फैलिएकाले चण्डेश्वरी साकोसमा कुनै समस्या नरहेको बताउनु भयो । सदस्यहरुलाई ढुक्कले कारोबार गर्न उहाँले आग्ह गर्नु भएको थियो ।
२०४७ सालमा १३ जना युवाबाट १३ सय रुपैया जम्मा गरेर शुरु भएको संस्थामा हाल सम्म ८ हजार नौ सय सदस्य रहेको बताउनु भयो । नालामा मात्रै ७ सय भन्दा बढी सदस्य भएकाले सदस्यहरुको सेवालाई दैलोमै पु¥याउनका लागी सेवा कार्यालय सञ्चालन गरिएको संस्थाका अध्यक्ष नविन भक्त बादेले बताउनु भयो । सहकारी ऐन र सहकारीको मुल मर्म अनुसार सञ्चालन भएका सहकारीहरुमा समस्या नआएको र पारिबारीक रुपमा सञ्चालन भएका सहकारीमा समस्या आएको बताउनु भयो ।
चण्डेश्वरी साकोसले सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरणका लागी सदस्यहरुलाई सिप मुलक तालिम र रोजगारमुलक क्षेत्रमा लगानी गर्दै आएको बादेले बताउनु भयो । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष रमेशकाजी श्रेष्ठले राख्नु भएको थियो भने संस्थाका अध्यक्ष नविनभक्त बादेको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन सचिब बुद्धरत्न मानन्धरले गर्नु भएको थियो ।









