2026 June 20/ 12:24: 54pm

    बनेपा/इलाका प्रहरी कार्यालय बनेपाले बनेपा नगरपालिका ८ बाट भाडाको घरमा बसिरहेका ब्यक्तिहरुलाई नियन्त्रणमा लिएर लागु औषध बरामद गरेको छ । पक्राउ परेकाहरु लागु औषधको कारोवार गर्ने गरेको पुष्टी भएको इलाका प्रहरी कार्यालय बनेपाका डिएस्पी रेशम बोहोराले बताउनु भयो । 
    पक्राउ पर्नेहरुमा भोजपुर जिल्ला टेम्केमैयुङ्ग गाउँपालिका ९ का ३० बर्षिय एक पुरुष र काभ्रेपलाञ्चोक जिल्ला तेमाल बस्ने १९ बर्षिया महिला छन् । उनिहरुबो साथबाट प्रहरीले लागु औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ६५ ग्राम, डिजिटल तराजु एक थान, नेपाली नगद ३ लाख १९ हजार मोबाइल आईफोन ११ थान र अर्काे मोवाईल एक थान गरी १२ थान बरामद गरेको छ । पक्राउ परेकाहरुको अदालतबाट म्याद लिएर अनुसन्धान शुरु गरेको छ ।