2026 June 16/ 05:07: 21pm

    बनेपा/बनेपा नगरपालिकाले निजामती दिवसको अवसरमा आराध्यदेवी चण्डेशवरी मन्दीर वरीपरी सरसफाई तथा चण्डेश्वरी जंगलमा बृक्षारोपण गरेको छ । 
    जनप्रतिनीधीहरु र कर्मचारीहरुले संयुक्त रुपमा उक्त कार्य गरेको बनेपा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत कबिराज उप्रेतिले बताउनु भयो । निजामती दिवसका अवसरमा सामाजिक कार्य अन्र्तगत उक्त सरसफाई तथा बृक्षारोपण कार्यक्रम गरी मनाएको उप्रेतिले बताउनु भयो । कार्यक्रममा नगर प्रमुख लक्ष्मी नरसिं बादेले जनप्रतिनीधीहरु समेतले उक्त कार्यक्रममा सहभागी भई चण्डेश्वरी मन्दीर परीसर र सरसफाई गरिएको बताउनु भयो । नगरले विकास निर्माणका अन्य काम गर्ने बादेले बताउनु भयो । 
    कार्यक्रममा उप–प्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती, वडा नम्बर ५ का अध्यक्ष बलराम अधिकारी, ६ का अध्यक्ष सचितानन्द केसि, ७ का अध्यक्ष वर्ण शाक्य, १० का अध्यक्ष चन्द्रबहादुर खड्का, ११ का अध्यक्ष शिबकुमार थापा, बरिस्ठ राजश्व अधिकृत धुर्ब राज नेपाल, योजना अधिकृत शर्मिला बन्जाडे, प्रशासन प्रमुख जुजुभाई सुद्वकार, गोसाईकुण्ड सामुदायीक बन उपभोक्ता समितीका अध्यक्ष राजेन्द्र थापा, जनप्रतिनिधि, कर्मचारीहरू लगाएतको सहभागिता रहेको थियो ।