बनेपा / शिरमेमोरियल अस्पतालको अपरेशन क्लस्टरको आयोजनामा अरनिको राजमार्ग दाँयाबाँया सरसफाई गरेको छ ।
अस्पतालका बरिष्ठ कार्यकारी अधिकृत सुन्दर थापाले अस्पतालले स्वास्थ्य सगै सरसफाई अभियान पनि सञ्चालन गर्दे आएको बताउनु भयो । अस्पतालमा भुकम्प वा कोरना लगाएतका महामारी सगै विरामीहरुलाई गुणस्तरीय सेवा दिदै आएको उक्त अस्पतालले सरसफाई अभियान पनि सगै लगेको थापाले बताउनु भयो । अस्पतालले ६–६ महिनामा सार्वजानिक क्षेत्र, सडकको दाँयावाँया सरसफाई गर्दे आएको, केहिदिन अघि शिरमेमोरीयल मार्ग बनेपाको चारदोबो हुदै अस्पताल सम्म सरसफाई गरेको थियो भने साउन १७ र १८ गते बनेपाको वडा नम्बर ७ र ८ अरनिको राजमार्ग पुलबजार देखी बुडोलको उकालो उग्रचण्डी पेट्रोलपम्प सम्म सडकको दाँयाबाँया सरसफाई गरेको बताउनु भयो । सरसफाई अभियानमा अस्पतालका लुगाधुने, सरसफाई, यातायात, सुरक्षा, मर्मत र ग्राहाक सेवा डिपार्टका कर्मचारी तथा स्थानियको समेत सहभागिता रहेको थियो । अबको केहि दिनमै अन्य ठाँउमा सरसफाई गर्ने, स्वास्थ्य शिबिरको आयोजना गर्ने लगाएतका विभिन्न सामाजिक कार्य गर्ने बरिष्ठ कार्यकारी अधिकृत शुन्दर थापाले जानकारी दिनु भयो ।





