2026 September 01/ 05:39: 02am

    धुलिखेल/जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका मुद्दाहरु फैसला हुँदा एकै पटक ३ सय ३७ जना प्रतिवादीहरुले फुर्सद पाएका छन् । ५ वर्ष देखि प्रतिवादीहरु हरेक महिना प्रशासनमा तारेख धाउँदै आएका थिए । तारेख धाउँदा धाउँदै विरक्तिएका कारण तारेख धाउनेहरुको संख्या ६० नाघी सकेको छ । कोहि विदेश पुगेका छन् भने कोहि विदेश जान नपाएर भौतारि रहेका थिए भने कोहि विदेश पुगेर पनि तनावमा थिए । 
    मुद्दा फैसला भए पछि केहिले क्षतिपूर्ति पाएका छन् । केहिले राहत पाएका छन् । केहि फुर्सद पाएका छन् । ‘नागरिकहरुलाई सहज रुपमा सेवा उपलब्ध गराउने उदेश्यले बाँकी रहेका तर अङ्ग पुगेका मुद्दाहरुका बारेमा फैसला गर्ने अभियान शुरु गरिएको हो’–प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भन्नुभयो–‘मुद्दाकै कारण ब्यक्तिले भोग्नु परेको मानसिक तनाव, आर्थिक नोक्सानी तथा अन्य ब्यवहारमा समेत सहजिकरण भएको छ ।’ मुद्दामा संलग्न भएका ३ सय ३७ जनाले एकै पटक फुर्सद पाएका छन् । २०७५ साल बैशाख ३० गते बेलुकी साढे सात बजेको समयमा भुम्लु गाउँपालिका वडा नम्वर ३ मा लामा खोला सामुदायिक वन उपभोक्ता समितिको छलफलका लागि जम्मा भएका स्थानीयहरुका बीचमा भनाभन भएको थियो । भनाभनकै क्रममा सुजन तामाङ पनि सोहि कार्यक्रममा सहभागि थिए । भेलाका सहभागि विनोद तामाङले वादविवाद गरी झै झगडा गरेका बखत अर्का सहभागी ठुला तामाङले ढुगा प्रहार गर्दा सुजन तामाङको अनुहारमा लागि सख्त घाईते भएका थिए । सोहि मुद्दा जिल्ला प्रशासन कार्यालयमा विचाराधीन थियो । ५ वर्ष अघि देखि मुद्दाकै कारण तनाव ब्यहोरेका ठुला तामाङ लगायतको मुद्दा फैसला हुँदा सुजन तामाङ जस्ता ब्यक्तिहरुले क्षतिपुर्ति पाउनु भएको छ । यो उदाहरण मात्रै हो । ३ सय ३७ प्रतिवादीका तर्फबाट ४२ लाख ४९ हजार १ सय ६८ रुपैया असुल भएको छ । राजश्वसँगै पीडित कोषमा ९० हजार २ सय २९ रुपैया जम्मा भएको छ । पौडेलको कार्यकालमा १ सय ६३ वटा मुद्दा फैसला भएका छन् । १ सय ७७ वटा मुद्दा फैसला हुँदा चालु वर्षका लागि ५ वटा मुद्दाको जिम्मेवारी सरेको छ । 
    ‘सेवा प्रवाहमा सरलीकरण गर्ने उद्देश्यले प्रकृया पुगेका तर फैसला हुन बाँकी रहेका मुद्दाहरु फछ्र्याैट गर्ने क्रमलाई तिब्रता दिएका हौं’– प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भन्नुभयो–‘प्रकृया पुग्न बाँकी रहेकाहरुलाई प्रकृयामा आउन र थप प्रकृया शुरु गरी फैसला गर्ने क्रमलाई हरेक दिन तिब्रता दिएका छौं । असार महिनामा ४ वटा मुद्दा दर्ता हुँदा ४६ वटा मुद्दा फैसला भएका छन् । जेठ महिनामा मात्रै ६४ वटा मुद्दा फैसला भएका छन् ।’ आर्थिक वर्ष २०७८÷२०७९ मा ८९ वटा मुद्दा दर्ता भएको थियो भने चालु आर्थिक वर्षमा ८८ वटा मुद्दा दर्ता भए । दर्ता भएका मध्ये अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ३९ वटा मुद्दा फैसला भएका थिए भने यो वर्ष १ सय ७७ वटा फैसला भए । गुनासोमा आएका सबै उजुरीहरु फर्छयौट भएका छन् । चालु वर्षमा दर्ता भएका सबै गुनासा फर्छर्याैट भएका छन् ।