2026 August 31/ 01:47: 07am

    टुकुचा, नाला/बनेपा नगरपालिका भित्र विभिन्न स्थानमा जग्गा ब्यवसायीहरुले अब्यवस्थित रुपमा जग्गा प्लटिङ्ग गर्दा सार्वजनिक सम्पति तथा अन्य क्षेत्रमा समेत असर पु–याएको भन्दै जनप्रतिनिधिहरु निर्वाचित भए लगत्तै त्यसको ब्यवस्थापन गर्न खोजिए पनि जग्गा कारोवारमा आएको मन्दीका कारण कार्यान्वयन हुन नसके पछि पुनः जग्गा ब्यवसायीहरुले अनियन्त्रित र अब्यवस्थित जग्गा प्लटिङ्ग गरेका कारण सर्वसाधारणलाई असर पुगेको भन्दै नगरपालिकामा उजुरी परेको छ । 
    बनेपा नगरपालिका वडा नम्वर १ स्थित साविक टुकुचा ५ का राजन घिमिरेले भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका बस्ने नारायण नेपालले परापुर्व कालदेखि बालागाउँ ढुङ्गेपाखा कलममसीमा  सार्वजनिक भनिएको जग्गा अतिक्रमण गरी प्लटिङ्ग गरेको उजुरी नगरपालिकामा दर्ता गर्नु भएको छ । खोलाको मापदण्ड, सार्वजनिक जग्गाको मापदण्ड बेगर नेपालले प्लटिङ्ग गरेको र प्लटिङ्गका कारण स्थानीयहरुलाई समेत असर पु¥याएको निवेदनमा उल्लेख छ । त्यस्तै खोलामा पक्कि ढलान गरी खोलाको बहाव छेकेको, त्यहि क्रममा सार्वजनिक जग्गा अतिक्रमण गरेको, जिल्ला प्रशासनमा भएको सहमति र छलफल बेगर प्लटिङ्ग कार्य धमाधम गरिरहेको, खानेपानीको मुहानलाई समेत असर पु¥याएको उजुरी बनेपा नगरपालिकामा २०८० जेठ १४ गते दर्ता नम्वर ५३७४ मा दर्ता गरिएको राजन घिमिरेले बताउनु भयो । 
    केहि दिन अघि परेको पानीमा उक्त प्लटिङ्गको माटो बगाउँदा बनेपा नगरपालिका समेत डुबानमा परेकाले प्लटिङ्गलाई ब्यवस्थित गर्न, सार्वजनिक सम्पति तथा खानेपानी मुहान र खोलाको संरक्षण गर्न र स्थानीयहरुलाई प्लटिङ्गले पर्ने असरलाई रोक्न घिमिरेले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको बताएका छन् ।