2026 August 30/ 10:51: 39pm

बनेपा/बनेपा ५ स्थति लेखनाथ दाहालको ढुङामाटोको घरमा गत मंगलबार विहन साँढे ४ बजे विजुलीको तार सर्ट भई आगलागी  भएको छ । 
उक्त घरमा लमो समय देखी भाडामा बस्दै आएका चौरदिेउराली गाउँपालकिा ९ गोठपानीका ६४ वर्षका  भीमबहादुर तामाङको परिवार बस्दै आएको थियो । आगलागीबाट भिमबहादुर तामाङ र उनका ९ वर्षीय नाती शिशिर तामाङ घाइते भएको ईलाका प्रहरी कार्यलयका डिएस्पी रेशम बोहोराले जानकारी दिनु भएको छ । आगलागीबाट घाईते तामाङको लत्ता कपडा, खाद्यान्न, मोबाईल, सुनका गर गहना, नगद सहित करिब ९ लाख ५६ हजार बराबर नष्ट भएको बोहोराले जानकारी दिनु भयो । आगलागीबाट घरमा रहेका सबै सामग्री जलेकाले भीमबहादुर तामाङको परविार बिचल्लीमा परेको छ । भीमबहादुर र उनका नातीको शीर मेमोरयिल अस्पतालमा उपचार भइरहेको छ । पीडित परिवारले सम्बन्धित निकाय र सहयोगी मनहरूबाट सक्दो सहयोगको अपेक्षा गरेको छ ।