‘उर्लदो' सम्बन्ध विच्छेद, डरलाग्दो ‘करणी’ मुद्दा
संहिता कानूनले पुरुष र महिला दुबैलाई सम्बन्ध विच्छेदको सहज अधिकार प्रदान गरे सँगै सम्बन्ध विच्छेद सम्बन्धी घटना ह्वात्तै बढेका छन् । उर्लदोँ सम्बन्ध विच्छेदका घटनाले समाजमा नकारात्मक असर पु¥याउन थालेको छ ।
‘अदालतमा दैनिक सम्वन्ध विच्छेदका घटना दर्ता भएका छन् । विगतका वर्षहरुमा भन्दा चालु वर्षमा सम्बन्ध विच्छेदका मुद्दा धेरै दर्ता भए’– जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार गोविन्द घिमिरेले भन्नुभयो–‘सम्बन्ध विच्छेदका कारण उनिहरुबाट जन्मेका सन्तान बेवारिसे हुने क्रम बढेको छ । जसका कारण बालबालिकाहरुको बालमस्तिकमा पार्ने प्रभावले भविष्यमा उत्पन्न हुने जोखिमलाई सोच्न सकिएको छैन ।’ सम्बन्ध विच्छेद भएका घटनामा पनि सम्पत्तिको हकदावी कार्यान्वयनमा कठिनाई देखिएको छ । केहिले सम्बन्ध विच्छेदको सट्टा अंशचलन र मानाचामलमा मुद्दा दर्ता गरेका छन् । प्रविधिको प्रयोग र खुल्मखुल्ला समाजका कारण सम्बन्ध विच्छेदका घटनामा बृद्धि हुन थालेको विश्लेषण गरिएको छ । जिल्ला अदालत काभ्रेपलाञ्चोकमा चालु आर्थिक वर्षको २०७९ साउन १ गते देखि २०७९ चैत्र मसान्तसम्मको ९ महिनाको अवधीमा ३ सय ६५ वटा सम्वन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् ।
जिल्लामा फौजदारी सरकारवादी अन्र्तगत दर्ता हुने मुद्दाहरु मध्ये डरलाग्दो तथ्याङ्क देखिएको करणी सम्बन्धी मुद्दा रहेका छन् । हरेक महिना ४ वटा भन्दा धेरै करणीका घटना दर्ता हुने गरेको तथ्याङ्कले देखाएको छ । एकल महिला, बालबालिका देखि जेष्ठ नागरिकहरुसम्म जर्बजस्ति करणी अभियोगका शिकार बनेका छन् । २० वर्ष भन्दा कम उमेरमा विवाह गर्न नपाईने बाध्यकारी कानूनका कारण पनि केहि घटना जर्बजस्ति करणीमा दर्ता भएका छन् । प्रेम गर्ने, सम्वन्ध रहने अनि परिवारले थाहा पाएर असमझदारी भएको दिन जर्बजस्तिकरणीमा मुद्दा दर्ता भएका घटना पनि छन् । विवाह गर्न मिलेन, बच्चा समेत जन्मिसकेको अवस्थामा जन्मदर्ता, विवाह दर्ता जस्ता समस्या देखाउँँदै उजुरी गरेका घटना पनि बढिरहेका छन् । ९ महिनाको अवधीमा ४१ वटा करणी सम्वन्धी मुद्दा दर्ता भएको अदालतले जानकारी दिएको छ । जसमा जर्बजस्ति करणी सम्वन्धी ३६ वटा मुद्दा दर्ता भएका छन् भने बाल यौन दुब्र्यवहारमा चारवटा र जर्बजस्ति करणी उद्योगमा एउटा मुद्दा दर्ता भएको छ । सहमतिमा सम्वन्ध राखेको भए पनि परिवार, समाज र आफन्तले जानकारी पाए पछि जर्बजस्ति करणीमा अभियोग दर्ता भएका केहि मुद्दाहरु पनि छन् ।
जिल्ला अदालत काभ्रेपलाञ्चोकमा दर्ता भएका मध्ये अंश चलन सम्वन्धी १ सय ७५ थान मुद्दा यो वर्षका हुन् । ९ महिनाको अवधीमा महिलाहरुले १६ वटा माना चामलमा र १ सय ७५ वटा अंश चलन सम्वन्धी मुद्दा दर्ता गराए । करार सम्वन्धी १६ थान, विशेष करार १ थान, जग्गा कुलो सम्वन्धी १७ थान मुद्दा दर्ता भएका छन् । मिलापत्र सम्वन्धी १, लिलाम बदर सम्वन्धी ६, लेनदेन सम्वन्धी १ सय २५ थान, फैसला बदर सम्बन्धी १४ थान, अन्य क्षतिपुर्ति सम्वन्धी १ थाना, भोगाधिकार सम्बन्धी १ थान, सम्पत्ति उपभोग सम्वन्धी १ थान, अपुताली सम्वन्धी १ थान र लिखत बदर सम्बन्धी १ सय २१ थान मुद्दा दर्ता भएका छन् । पछिल्लो समय लेनदेन, चेक अनादार र लिखत बदरका विवाद बढिरहेका छन् । आर्थिक संकट तथा जग्गा कारोवारमा आएको मन्दी र ब्यवसायीक मन्दिका कारण यस्ता घटनामा बृद्धि भएको हो । चालु वर्षको ९ महिना चैत्र मसान्तसम्म बहुविवाह सम्वन्धी ६ वटा मात्रै मुद्दा दर्ता भएका छन् । कानूनले दोश्रो विवाहलाई मान्यता नदिएका कारण विवाह गरे पनि दर्ता हुँदैन । तर पनि केहि स्थानमा भएका घटनाका आधारमा बहुविवाह सम्बन्धी मुद्दा दर्ता भएका हुन् । ज्यान सम्बन्धी १३ थान मुद्दा दर्ता भएका छन् । कर्तब्य ज्यान ६ वटा र ज्यान मार्ने उद्योगमा ६ वटा मुद्दा दर्ता भए । आत्महत्या दुरुत्साहन सम्वन्धी मुद्दा १ वटा दर्ता भएको छ । शरीर बन्धक तथा अपहरण सम्बन्धी मुद्दा १ थान, ठगी सम्वन्धी ४ थान, मुद्रा सम्बन्धी १ थान, कसुर किर्ते सम्बन्धी २ थान, जुवा सम्बन्धी पटके १ थान, हातहतियार सम्बन्धी १ थान, अभद्र ब्यवहार सम्बन्धी पटके ७ थान मुद्दा दर्ता भएका छन् । जुवा र अभद्र ब्यवहार सम्बन्धी मुद्दा जिल्ला प्रशासन कार्यालयले हेर्ने भए पनि एउटै ब्यक्ति पटक–पटक उक्त घटनामा संलग्न भएको अवस्थामा अदालतमा मुद्दा दर्ता गर्नु पर्ने कानूनी ब्यवस्था छ ।
त्यस्तै मानव बेचविखनमा १ थान मुद्दा दर्ता भएको छ भने नागरिकता किर्तेमा ५ थान मुद्दा दर्ता भएको छ । लागु औषध सम्बन्धी मुद्दा १२ थान दर्ता भएको छ । लागु औषध दुब्र्यसन विरुद्ध भएका अभियानलाई अझै प्रभावकारी बनाउनु पर्नेमा सरोकारवालाहरुले चासो ब्यक्त गरेका छन् । सवारी ज्यान सम्वन्धी ४३ वटा मुद्दा दर्ता भएका छन् । जिल्लामा दुई ठुला राजमार्ग तथा सहायक मार्गमा हुने दुर्घटनाका कारण सवारी ज्यान सम्बन्धी मुद्दामा बृद्धि भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । सवारी ज्यान सम्वन्धी मुद्दा अन्र्तगत ज्यान सम्वन्धी ३५ वटा र सवारी अङ्गभङ्ग सम्वन्धी ८ वटा मुद्दा दर्ता भएका छन् । संगठित अपराधमा १ वटा र राहदानी किर्ते सम्बन्धी एउटा मुद्दा दर्ता भएको छ । वन सम्बन्धी ४ वटा, खाद्य सम्बन्धी २ वटा, चेक अनादारमा १ सय ६० वटा, घरेलु हिंसामा २ वटा र जालसाजी सम्बन्धी १ सय ४१ वटा मुद्दा दर्ता भएका छन् भने अदालतको अपहेलना सम्बन्धी एउटा मुद्दा दर्ता भएको अदालतले जानकारी दिएको छ ।
आर्थिक वर्ष २०७८÷०७९ बाट चालु आर्थिक वर्ष २०७९÷०८० का लागि १ हजार ५ सय ५५ थान मुद्दाको जिम्मेवारी सरेको थियो । चालु वर्षको ९ महिनाको अवधीमा १ हजार ३ सय ६२ थान दर्ता भएका छन् । कुल मुद्दाको संख्या २ हजार ९ सय १७ पुगेको छ । जस मध्ये चैत्र महिनामा मात्रै २ सय ९४ वटा फछर्याैट भएका छन् भने ६ महिना अवधीका २ सय ९१ वटा, एक वर्ष अवधीका ५ सय ४ वटा, डेड वर्ष अवधीका २ सय ४० वटा, २ वर्ष अवधीका १ सय ६६ वटा र २ वर्ष नाघेका २ सय ७७ वटा गरी १ हजार ४ सय ७८ वटा मुद्दा फैसला भएका छन् । प्रतिशतका हिसाबले यो ५०.६७ प्रतिशत हो । चालु वर्षमा दर्ता भएका भन्दा धेरै मुद्दा फछ्र्याैट गरी अदालतले कार्य सम्पादनमा समेत यो वर्ष उत्कृष्टता देखाएका छ । निर्वाचन तथा कम जनशक्तिका बाबजुत पनि धेरै मुद्दाको लगत घटाउन सकिएको श्रेस्तेदार उप सचिव गोविन्द घमिरेले जानकारी दिनुभयो । जिल्ला अदालत काभ्रेपलाञ्चोकमा यो वर्षको प्रारम्भ देखि नै तीन जना न्यायाधीशहरुले मुद्दाको सुनुवाई गरिरहनु भएको छ ।
अदालतमा अझै २ वर्ष नाघेका १ सय ४६ वटा, २ वर्ष सम्मका ८४ वटा, डेड वर्ष अवधीका २ सय ८ वटा, एक वर्ष अवधीका ३ सय ९६ वटा, ६ महिना भित्रका ६ सय ५ वटा गरी १ हजार ४ सय ३९ वटा मुद्दा फछ्र्याैट हुन बाँकी छन् । फछ्र्याैट भएका मध्ये ९ सय ४४ वटा जिम्मवारी सरि आएका मुद्दा हुन् भने ५ सय ३४ वटा नयाँ दर्ता मध्येका हुन् । चालु वर्षको मसान्तसम्म मुद्दा फछ्र्याैटको प्रतिशत धेरै बढ्ने अपेक्षा गरिएको छ । त्यसका लागि अदालत प्रशासनले प्रहरी, मुद्दाका पक्ष विपक्ष तथा अन्य सरोकारवाला निकाय मार्फत जुटाउनु पर्ने तथ्य प्रमाणहरु संकलनका लागि निरन्तर ताकेता गरिरहेको बताएको छ ।









