सबैभन्दा धेरै विद्यार्थी भएको बनेपाको बेलरबाट ३९६ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । दोश्रो ठुलो बनेपा निष्टबाट ३६४ जना सहभागी हुँदैछन् भने सामुदायिकतर्फ सबैभन्दा धेरै विद्यार्थी भएको सञ्जीवनी मावि धुलिखेलबाट १५१ विद्यार्थी सहभागी हुँदैछन् । ७ वटा विद्यालयमा विद्यार्थी शुन्य छन् ।
धुलिखेल/२०८० बैशाख २६ गतेबाट शुरु हुने कक्षा १२ को अन्तिम परीक्षामा काभ्रेपलाञ्चोक जिल्लाबाट ५ हजार २ सय ७७ विद्यार्थी सहभागी हुने भएका छन् । जिल्लामा रहेका १ सय १ वटा विद्यालय मध्ये ७ वटा विद्यालयमा शुन्य विद्यार्थी छन् ।
‘कक्षा १२ को परीक्षाका लागि परीक्षाकेन्द्र निर्धारण गरिएको छ’–शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख गोकर्णध्वज कार्कीले भन्नुभयो–‘जिल्लामा निजी र सामुदायिक विद्यालयमा अध्ययन गर्ने १ सय १ विद्यालय मध्ये ७ वटा विद्यालयबाट विद्यार्थी शुन्य छन् भने बाँकी विद्यालयका ५ हजार २ सय ७७ विद्यार्थी सहभागी हुँदैछन् ।’ विद्यार्थी संख्या, भुगोल र विद्यालयको पूर्वाधारका आधारमा परीक्षा केन्द्र तय भएको कार्कीले बताउनु भयो । जिल्लामा सबैभन्दा धेरै विद्यार्थी कक्षा १२ मा बनेपाको बेलर इन्टरनेशनल स्कुलमा ३ सय ९६ जना रहेका छन् । बेलर पछि बनेपा निष्टमा ३ सय ६४ जना छन् । काभ्रेमा बेलर कक्षा १२ मा धेरै विद्यार्थी हुने पहिलो विद्यालय बनेको छ । बेलरको परीक्षा केन्द्र बनेपाको चैतन्य माविमा परेको छ । जहाँ बाल निकेतन माविका ६ जना मात्रै विद्यार्थी छन् । बालबाटिका र धुलिखेल इङलिस विद्यालयका शुन्य विद्यार्थी भएकाले चैतन्यमा बेलर र बालबाटिका मात्रै परेका छन् । त्यस्तै दोश्रो ठुलो अर्थात धेरै विद्यार्थी भएको विद्यालय हो बनेपा निष्ट । निष्टबाट विज्ञान, ब्यवस्थापन, कानून संकायबाट ३ सय ६४ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । बनेपा निष्टको परीक्षाकेन्द्र धुलिखेलको सञ्जीवनीमा परेको छ । जसमा जनक माध्यमिक विद्यालय नमोबुद्ध भकुण्डेका १ सय ३० जना विद्यार्थी सहभागी हुँदैछन् । प्राविधिकतर्फको विज्ञान तथा अन्य संकायका विद्यार्थी जनक माविमा अध्ययन गरिरहेका छन् । सामुदायिक विद्यालयतर्फ सञ्जीवनी मावि धुलिखेलबाट १ सय ५१, सर्वमंगला माविबाट १ सय ३८, चैतन्य क्याम्पसमा १२४, तेजगंगा क्याम्पस पनौती १११, इन्द्रेश्वरमा १०१, पार्वती मावि बेथान्चोक ९८, धुलिखेल क्याम्पस ८५, आजाद मावि पाँचखालबाट ७३, प्रभा मावि चौरीदेउराली ७०, डेडीथूम्का मावि ६८, गोकुल मावि महाभारत ६७, लक्ष्मीनारायण मावि रोशीबाट ६५, काभ्रे क्याम्पसमा ६४, मंगलजनविजय मावि रोशी ६३, चैतन्य मावि बनेपा ५८, महाकाली मावी चैनपुर नयाँगाउ मण्डन ५६, प्रकाश मावी भुम्लु ५६, जनकल्याण मावी महाभारत ५२ रहेका छन् ।
विकट क्षेत्र भए पनि महाभारत र खानीखोलाका विद्यालयमा खचाखच विद्यार्थी छन् । जिल्लाकै पहिलो क्याम्पस काभ्रे बहुमुखमी क्याम्पसमा भने जम्मा ६४ जना विद्यार्थी भर्ना गरेर कमजोर विद्यालय देखिएको छ । जनविकास मावि खानिखोलामा ४५ जना छन् । निजीतर्फ बेलरमा ३९६, बनेपा निष्टमा ३६४, नेपाल प्रहरी साँगामा २६८, आदर्श विद्या मन्दिर १५४, ज्ञानकुञ्ज मावि १५१, सिद्धार्थ मावि ११०, गोल्डेन फ्युचर १०९, प्रगति प्रभात १०८ रहेका छन् । केहि निजी र सामुदायिक विद्यालयमा १० जना भन्दा कम विद्यार्थी छन् । २३ वटा परीक्षा केन्द्र रहेको काभ्रेमा महेन्द्र मावि साँगामा ज्ञानकुञ्ज माविको मात्रै परीक्षा केन्द्र रहेको छ । शुन्य विद्यार्थी भएका विद्यालय ७ वटा छन् । सबै विद्यालय निजी छन् । नाईटिङ्गेल बनेपा, बालबाटिका बनेपा, धुलिखेल बोर्डिङ्ग धुलिखेल, डिभाईन लाईट शंखु, नमोबुद्ध मावि शंखु, चण्डेनी मावि मण्डनदेउपुर र सरस्वती शिक्षा गृह पाँचखाल रहेका छन् ।









