2026 August 29/ 07:32: 25pm

    बनेपा/अघिल्लो दिन नेपाल बन्दको आब्हान गरेकाले विहानै सवारी साधन कम चलेका थिए । विपी राजमार्गको ठकुरीछाप र अरनिको राजमार्गको बनेपा पुलबजारमा ‘नो एमसीसी’ लेखिएको शंकास्पद बस्तु राखिएको थियो । देशमा एमसीसी चाहिने र नचाहिने विषयमा बहस छलफल भएको थियो । एमसीसीको विरोध गर्ने प्रचण्ड मिलिसकेका थिए । गगन थापा समेत छिमेकीसँग माग्ने हो भनेर चम्किरहेका थिए । त्यहिबेला माओवादीसँग अलग्गिएको विप्लव र त्यस्तै साना दलहरुले एमसीसी विरुद्ध आयोजना गरिएको नेपाल बन्दमा त्रसित बनाउन, सवारी साधन चल्न नदिन कुकरमा नो एमसीसी लेखेर राजमार्गमा राखेका थिए । 
    सरकारसँग असहमति राख्दै २०७८ फागुन १६ गते नेपाल बन्दको आब्हान गर्दै नो एमसीसी भन्दै बनेपामा शंकास्पद बस्तु राखेको अभियोगमा पक्राउ परेका विप्लवका कार्यकर्ताले सफाई पाएका छन् । जिल्ला अदालतले उनलाई प्रमाण नपुगेको भन्दै सफाई दिएको हो । काभ्रेको बनेपा पुलबजार नजिक अरनिको राजमार्गमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय गरेको थियो । ‘नो एमसीसी, खतरा’ लेखेर बाल्टिनलाई रातो झोलाभित्र बेरेर सडकमा राखिएको उक्त बस्तुलाई नेपाली सेनाको कालीजंग गण धुलिखेलबाट खटेको सहसेनानी अजय परियारको टोलीले निष्क्रिय पारेको थियो । सडकमा शंकास्पद वस्तु राखेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग आबद्ध महाभारत गाउँपालिका ६ का युगान्त थिङ पक्राउ परेका थिए । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सहित विभिन्न ६ कम्युनिस्ट दल र २ मोर्चाले सोहि दिन नेपाल बन्दको घोषणा गरेका थिए । अहिले माओवादीलाई युद्ध अपराध गरेको अभियोगमा अदालतमा मुद्दा दर्ता गर्ने भने लगत्तै फेरी पुर्व माओवादीहरु एक हुने अभियानमा छन् ।