2026 August 28/ 05:21: 30pm

बनेपा/प्रत्येक बर्ष झै यसबर्ष पनि नेपाल राष्ट्र बैंकले जारी गरेको न्ीइद्यब्ी ःइल्भ्थ् ध्भ्भ्प् द्दण्द्दघ अन्र्तगत रिलायन्स फाइनान्स लिमिटेड बनेपा शाखाको आयोजनामा ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा बि.बि.एस.मा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा ४० जना विद्यार्थीहरु सहभागी थिए । कार्यक्रममा मानिसको आवश्यकता र चाहाना, ती आवश्यकता र चाहान पूरा गर्ने माध्यम के हो ? वित्तीय साक्षरताको महत्व के हो ? वित्तीय साक्षरता कार्यक्रम कुन उमेर बर्गका व्यक्तिलाई लक्षित गरिएको हो? बचत भनेको के हो ? पैसाको सदुपयोग, बैंक तथा वित्तीय संस्था भनेको के हो ? मुख्य काम के हो लगायत विविध विषयमा शाखा प्रमुख सुवाष केसीले प्रस्तुति दिनु भएको थियो ।