धुलिखेल/सशस्त्र युद्धका क्रममा भएको मृत्यु, जनआन्दोलन र स्थानीय तहको निर्वाचनका क्रममा भएको हत्याका घटनामा मृत्यु भएका ब्यक्तिहरुको सूचीलाई अन्तिम रुप दिदै २ सय ८४ पु¥याईएको छ । यस अघि यो क्रममा मृत्यु भएको भन्दै शशस्त्र द्वन्द्वका घटनाका २ सय ६६ जनाले सरकारबाट दश लाखका दरले राहत बुझेका थिए ।
जनआन्दोलनका क्रममा साविक उग्रचण्डी नाला गाविस ५ का भिमसेन दाहालको पोखरामा निधन भएको थियो भने वाल्टिङ्ग ७ का शिवहरी कुँवरको बनेपामा मृत्यु भएको थियो । त्यस्तै पनौती ७ घर भएका सगुना ताम्राकारको काठमाडौमा निधन भएको थियो । त्यस्तै नमोबुद्ध नगरपालिका वडा नम्वर ४ का नवराज पाठकको स्थानीय तहको निर्वाचनको अघिल्लो दिन २०७४ बैशाख ३० गते राति प्रहरीको गोली लागेर निधन भएको थियो । उनको हत्याका बारेमा आजसम्म छानविन समितिले प्रतिवेदन सार्वजनिक गरेको छैन । सरकारले उनको क्षतिपुर्ति स्वरुप परिवारका सदस्यलाई राहात, रोजगार र बालबालिकालाई शिक्षा दिक्षाको जिम्मेवारी लिने शर्तमा आफन्तले शब बुझेका थिए । शशस्त्र युद्धमा बेपत्ता भएका मध्ये चार जनाका आफन्तले जिल्ला अदालतबाट न्यायिक मृत्यु घोषणाको माग गर्दै मृत्यु दर्ता गरिसकेका छन् । माओवादी र राज्य पक्षले बेपत्ता बनाएका ब्यक्तिहरुको अझै खोजतलास हुन सकेको छैन भने परिवारले मृत्यु घोषणाका लागि प्रकृया समेत अघि बढाएको छैन ।
गृहमन्त्रालयको परिपत्र अनुसार जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सर्वजलिय बैठकमा द्वन्द्वमा मानव अधिकारका क्षेत्रमा कार्यरत भोजराज तिमल्सिनाले राखेको तथ्याङ्क तथा रिपोर्टिङ्गलाई आधार मान्दै राजनीतिक दलहरुले आईतबार २ सय ८४ जनाको विवरण टुङ्गो लगाएका छन् । राज्यले राहत दिन बाँकी ब्यक्तिहरुका हकमा उक्त निर्णय गृह मन्त्रालयले सदर गरे पछि बाटो खुल्नेछ । द्वन्द्वका क्रममा जिल्लाका रहेका ८७ गाविस मध्ये ७९ वटा गाविसमा ब्यक्तिको हत्या भएको थियो । अधिकांश सार्वजनिक संरचनामा माओवादीले क्षति पु¥याएका थिए । यातना तथा चन्दाका कारण धेरै विस्थापित भएका थिए । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले ३६ महिला सहित २ सय ८४ जनाको प्रशोधन सहितको तथ्याङ्किय विवरण सर्वदलिय बैठक पछि गृह मन्त्रालयमा पठाउने निर्णय भएको बताउनु भयो ।









