कुशादेवी/गुगल ब्वाई भनेर चिनिने बाल गुरु आदित्यका लागि मोक्षधाम तयार गरिएको छ । मोक्षधाममा प्रधानमन्त्री एवं क्रान्तिकारी विचार बोक्दै १७ हजारको ज्यान जाने गरी युद्ध संचालन गरेका पुष्पकमल दाहाल देखि कम्युनिष्ट नेता एवं एमोल अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागि भए ।
परिवारमा परेको जुठोका कारण पुर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले आउन खोजेर पनि उनका गुरुहरुले रोके । बालगुरु आदित्यको महायज्ञ महाअनुष्ठानमा देशका विभिन्न ओहोदामा पुगेका नेता, कर्मचारी, पुर्व कर्मचारी तथा राजनीतिज्ञहरुको सहभागिता रहेको थियो । १० हजार भन्दा धेरै ब्यक्तिहरुको सहभागि महायज्ञ महाअनुष्ठानमा ५ हजारले भोजन गरेका छन् । महायज्ञमा करिब डेढ करोड खर्च भएको छ । यज्ञ अनुष्ठानमा दान गर्नेहरुको लर्काे भए पनि आदित्य गुरुले जो ब्यक्तिसँग सहयोग लिन भन्नु भएको थियो उनिहरुसँग मात्रै लिएको बताईएको छ । महायज्ञ पछिको समिक्षामा आदित्य गुरु खुशी हुनु भएको जानकारी गराईएको छ । महायज्ञबाट सन्तुष्ट भएको र ब्यक्तिलाई सकारात्मक सोच बनाउन र आध्यात्मिक ज्ञानतर्फ केन्द्रित गर्न समय लाग्ने बताउनु भएको अनुयायीहरुले बताएका छन् । अहिले पनौती नगरपालिका वडा नम्वर २ स्थित कुशादेवीको दारिम्बोटमा मोक्षधाम तयार भईरहेको छ । मोक्षधाममा प्रयोग गरिने सामाग्री विभिन्न देशबाट झिकार्इृएको छ । आदित्य फाउण्डेशनका सदस्य सचिव एवं ब्यवसायी, संचारउद्यमी रामेश्वर थापा स्थानीय हुन् । थापाले आफ्नै जन्मथलोको केहि मिटर माथी मोक्षधाम निर्माणका लागि जग्गा ब्यवस्थापन गरेका छन् । आदित्य गुरुले देशका विभिन्न स्थानमा मोक्षधाम निर्माणका लागि फाउण्डेशनले जग्गा हेरेको भए पनि उपयुक्त देख्नु भएको थिएन । पनौतीका कुशादेवीमा हेरिएका दुई स्थान मध्ये अहिलेको मोक्षधाम निर्माण स्थल उहाँकै छनौट हो । विश्वको नमुना र एक मात्र धार्मिक अनुष्ठान हुने गरी निर्माण कार्य प्रारम्भ गरिएको छ । बाल गुरु आदित्यको अलौकिक शक्ति र क्षमताका बारेमा मोक्ष धाममा चर्चा गरिएको छ ।
मोक्षधाममा शुभारम्भ स्तम्भ निर्माण हुनेछ । स्तम्भमा ५÷५ वटा टाउका भएका दुईवटा नाग बेरिएका हुन्छन् । त्यसको उत्तर तर्फ आदि युग द्धार, सिस महत, प्यासी आत्मा, मोक्ष कुण्ड, राधाकृष्ण, सीताराम, अमोध सिद्धि बुद्ध, मानव स्त्री स्वरुप धारा, घण्टा निर्माण हुने गरी आदित्य गुरुको स्केच छ । दक्षिण तर्फ साधना गृह, ८ ऋषिद्वारा आदि मन्त्र उच्चारण, आदि बाँच्ने आत्मा गाथा चित्र, १२ वटा विभिन्न मुर्ति, सर्प आकारको जलाशय र शंख निर्माण हुनेछन् । पुर्वतर्फ मुल प्रवेशद्वार, मानव जीवन चक्र, प्रेम कुण्ड, महाभैरव, हनुमान र पोखरी निर्माण हुनेछन् । पश्चिम तर्फ गुरु समाधि द्वार, ८४ शिव लिग, त्रिगजुर शिवालय, सप्त ऋषि, गुरु मस्तिक आकृति, चन्द्रमा विराजित आदित्य र नव ग्रह निर्माण हुने गरी आदित्य गुरुले स्केच गर्नु भएको छ । सोहि स्केचका आधारमा इन्जिनियरहरुले तयार गरेको डिजाईन अनुसार निर्माण कार्य शुरु भएको छ । जग्गा खरिदका लागि फाउण्डेशनमा सहभागिहरुले रकम सहयोग गरेका थिए । ब्यक्तिको जग्गा खरिद गरी निर्माण कार्य शुरु गरिएको फाउण्डेशनका सचिव रामेश्वर थापाको कथन छ ।
आदित्य धामले पनौती, काभ्रेको मात्रै नभई नेपालकै नाम चिनाउने फाउण्डेशनले बताएको छ । आत्याधिक यात्रामा नेपालका कम्युनिष्ट पार्टीका नेताहरु मात्रै नभई ब्यवसायीहरुको पनि लर्काे छ । उपेन्द्र महत्तो देखि नाम चलेका अन्य ब्यवसायीहरु पनि फाउण्डेशनमा आवद्द छन् । ब्यवसायीहरु, नेताहरुले कमाएको अकुत सम्पतिलाई बैद्यानीक बनाउन ? धेरै सम्पति वा अन्य कारण मनमा भएका छट्टपट्टिहरुलाई शान्त गर्न महायज्ञ महाअनुष्ठन गरिएको हो ? प्रश्न खस्न नपाउँदै थापाले त्यस्तो नभएको बताउनु भयो । आदित्य गुरुले जो जसँग जति पैसा लिन भन्नु भएको छ त्यो बाहेक अरु रकम फाउण्डेशनले लिँदैन र दिन पनि पाईन्न । आदित्य गुरुले सहमति दिनु भए म मेरो सम्पति सबै फाउण्डेशनका नाममा हस्तान्तरण गरिदिने थिएँ ? थापाले अनौपचारिक कुराकानीका क्रममा भन्नु भएको थियो । तर उनि आफै पनि आध्यात्मिक ब्यक्ति हैनन् । आदित्य गुरुको शिश्य बनेसँगै रामेश्वर थापाले मोक्ष धामका लागि देखाउनु भएको उदारता र सहयोगका बारेमा मान्छेहरुले लख काटिरहेका छन् ।
आदित्य मोक्षधाम दारिम्बोट, कुशादेवी, काभ्रेपलाञ्चोकमा २०७९ फागुन १८ गते विहिबार देखि २० गते शनिबारसम्म तीन दिने महायज्ञ महाअनुष्ठान आयोजना गरियो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, एसपी भागेन्द्रपुरुष ढकाल देखि जिल्लाका राजनीतिक दलका प्रमुखहरु, जनप्रतिनिधिहरुले पनि यज्ञमा सहभागिता जनाए । दोश्रो दिन प्रधानमन्त्री दाहाल र पुर्व प्रधानमन्त्री ओली सहभागि भए । तीन सम्म आयोजना भएको महायज्ञ महाअनुष्ठान कार्यक्रममा १०८ कुण्डीय तान्त्रिक एवं मान्त्रिक हवन (जसलाई अग्नि एवं जलकुण्ड भनिन्छ), देवी भागवत सहित सात पुराण एवं दुर्गा सप्तशती चण्डी पाठ, चार बेद पाड पारायण (चार दिशामा), दिब्य शिवलिंग एवं हिमालय प्रतिस्थापन, पृथ्वी यन्त्र, नवरत्न नागमणी, महाकालि स्थापना, ओमकार यन्त्र प्रतिस्थापन, चित्ता अग्नि साधना र १००८ शिवलिंग प्रतिष्ठा एवं विधिवत अनुष्ठान गरिएको थियो । आदित्य गुरु स्वंयको उपस्थितीमा भएको कार्यक्रम गुरुदेव आदि चन्द्र योगिले १८ पृथक तर विशिष्ट किसिमका यज्ञ अनुष्ठान सम्पन्न पछिको छैटौ श्रृंखलाको प्रयोग हो । ओम आदि फाउण्डेशनको आयोजनामा भईरहेको महायज्ञ महाअनुष्ठानमा २७ देशको जल र माटो ल्याईएको थियो । महाअनुष्ठान इतिहासकै अनौठो र विलक्षण प्रयोग भएको फाउण्डेशनका सदस्य सचिव क्याप्टेन रामेश्वर थापाले जानकारी दिनु भयो ।
‘अरु समुन्द्रमा महल बनाउँछन्, हामी पनौतीमा स्वर्ग बनाउँछौं’–आदित्य मोक्षधामका परिकल्पनाकार आदि चन्द्र योगिले लेख्नु भएको छ –‘ऋषिभूमि र यज्ञभूमि नेपाललाई विश्वभरी चिनाउने अलौकिक गन्तब्य बनाउने संकल्पनाका साथ आदित्य मोक्षधाम निर्माण गरिएको हो ।’ मोछधाममा एक सय अधिक स्मारकहरु निर्माण गरिने योजना बनाईएको छ । प्रत्येक स्मारक एवं मन्दिर अनौठो र विलक्षण हुनेछन् । सबै स्मारक र मन्दिरका आर्किटेक्चर स्वयम गुरुदेव आदित्य हुनुहन्छ । निर्माण हुने प्रत्येक संरचना कलात्मक र दिब्यताले भरिपूर्ण हुनेछ । सोहि गुरुयोजना अनुसार निर्माण कार्य आरम्भ भएको छ । मोक्षधामलाई भविश्यमा एक धार्मिक गन्तब्य मात्र नभएर योग, ध्यान, साधना, संस्कार र संस्कृतिका विशाल ज्ञानकेन्द्र बनाउने परिकल्पना तयार गरिएको छ ।
मोक्ष धाम अन्र्तगत विशेष उर्जाकेन्द्रको रुप्मा चक्र, मन्दिर, महाभैरव, आदियुग द्धार, नवग्रह, सप्तर्षि इत्यादी रहनेछन् । मानव इतिहासमा धेरै धामहरु निर्मित भए पनि आदित्य मोक्षधाम आधुनिक विज्ञान र सनातन अध्यात्म चिन्तनधारको युग सुहाउँदो संगम केन्द्र हुने फाउण्डेशनका सदस्य सचिव रामेश्वर थापाले बताउनु भयो । डा. उपेन्द्र महत्तोका अनुसार महायज्ञ महाअनुष्ठानको सफलतासँगै आदित्य गुरुको योजना अनुसार थप कार्य हुनेछ । आदित्य मोक्ष धाममा आयोजना हुने महायज्ञ अनुस्ठानको पुर्व सन्ध्यामा कुशादेवीमा रहेको लिलावती नदी सरसफाई गरिएको थियो । पुर्व मुख्य सचिव एवं राजदुत तथा बागमति सरसफाई महाअभियानका अभियान्ता लिलामणी पौडेलले मान्छे भित्रको फोहोर सफा गरेर समाज सरसफाई गर्नु पर्ने बताउनु भएको थियो ।









