2026 August 28/ 05:21: 57pm

अभद्र ब्यवहार सम्वन्धी मुद्दामा ३० महिनामा १ सय ३६ घटना दर्ता हुँदा १ सय ७० जना पक्राउ परेका छन् । ५ जना अझै फरार छन् । महाभारत गाउँपालिकाको एउटा पनि घटना दर्ता भएन । सबै भन्दा धेरै बनेपामा ३० वटा अभद्र ब्यवहारका घटना दर्ता भएका छन् । 

मोतीराम तिमल्सिना
धुलिखेल

    आर्थिक वर्ष २०७७/०७८ अथार्थ २०७७ साउन १ गते देखि २०७९ असार मसान्तसम्मको ३० महिनामा जिल्लामा १ सय ३६ वटा अभद्र ब्यवहार सम्वन्धी मुद्दा दर्ता भएका छन् । जसमा १ सय ७० जना पक्राउ परेका छन् । पक्राउ परेका मध्ये ९ जना महिला छन् । ५ जना अझै फरार छन् । जिल्लाका १३ पालिका मध्ये सबै भन्दा धेरै बनेपा नगरपालिकामा ३० वटा अभद्र ब्यवहार सम्वन्धी घटना दर्ता भएका छन् । 
    बनेपामा दर्ता भएका जाहेरीमा ३२ पुरुष र ५ महिला गरी ३७ जना पक्राउ परेका हुन् । यो जिल्लाको सबैभन्दा धेरै संख्या हो । बनेपा पछि सदरमुकाम धुलिखेल नगरपालिका भित्र धेरै अभद्र ब्यवहार सम्वन्धी घटनाको जाहेरी दर्ता भएका छन् । धुलिखेलमा ३० महिनामा २३ वटा जाहेरी दर्ता हुँदा पाँचखाल नगरपालिकामा २१ वटा जाहेरी दर्ता भएका छन् । पाँचखलमा दर्ता भएका घटनामा २६ जना पक्राउ परेका छन् । महाभारत गाउँपालिकाबाट ३० महिनामा अभद्र ब्यवहारको एउटा पनि जाहेरी दर्ता भएनन् । आत्महत्या गर्ने संख्यामा पनि कम भएको पालिकाका रुपमा रहेको महाभारत गाउँपालिकामा यो अवधीमा एउटा पनि अभद्र ब्यवहारका घटना भएनन् । तेमाल गाउँपालिकाको एउटा मात्रै घटना दर्ता भएको छ । चौरीदेउराली र खानीखोलाका २÷२ वटा घटना दर्ता भएका छन् । बेथान्चोक गाउँपालिकाका ३ वटा, पनौती १२, मण्डनदेउपुर ११, नमोबुद्द १०, भुम्लुका १० वटा घटना दर्ता भएका छन् । समाजमा विभिन्न घटना मार्फत अराजकता फैलाउने, शान्ति सुब्यव्वस्था खल्बल्याउने समुह तथा ब्यक्तिलाई राज्यले अभद्र ब्यवहारमा जाहेरी लिएर मुद्दा दर्ता गर्ने गर्दछ । न्यूनतम २४ दिनसम्म हिरासतमा राखेर धरौटी अथार्त साधारण तारेखमा छाड्न सकिने उक्त मुद्दा प्रहरीले जिल्ला प्रशासन कार्यालयमा बुझाउँछ । प्रमुख जिल्ला अधिकारीले उक्त मुद्दाको सुनुवाई र फैसला गर्नेछन् । 
    बनेपा नगरपालिका भित्र आर्थिक वर्ष २०७७/०७८ मा १४ वटा जाहेरी दर्ता भए । जसमा १७ पुरुष र २ महिला गरी १९ जना पक्राउ परे । आर्थिक वर्ष २०७८/०७९ मा १६ वटा जाहेरी दर्ता भए । जसमा १५ पुरुष र ३ महिला समेत गरी १८ जना पक्राउ परे । चालु वर्षको पौष मसान्तसम्म अभद्र ब्यवहारमा कुनै जाहेरी दर्ता भएका छैनन् । पाँचखाल नगरपालिका भित्र आर्थिक वर्ष २०७७/०७८ मा ३ वटा जाहेरी दर्ता भए । जसमा ४ पुरुष पक्राउ परे । आर्थिक वर्ष २०७८/०७९ मा १४ वटा जाहेरी दर्ता भए । जसमा १७ पुरुष पक्राउ परे । चालु वर्षको पौष मसान्तसम्म ४ वटा जाहेरी दर्ता भए । जसमा ५ पुरुष पक्राउ परे । खानीखोला गाउँपालिका भित्र आर्थिक वर्ष २०७७÷०७८ मा एउटा जाहेरी दर्ता भयो । जसमा १ पुरुष पक्राउ परे । आर्थिक वर्ष २०७८/०७९ मा पनि एउटा मात्रै जाहेरी दर्ता भयो । जसमा १ जना पुरुष पक्राउ परे । चालु वर्षको पौष मसान्तसम्म एउटा पनि जाहेरी दर्ता भएको छैन । महाभारत गाउँपालिका भित्र आर्थिक वर्ष २०७७/०७८, २०७८/०७९ र चालु वर्षको पौष मसान्तसम्म अभद्र ब्यवहार सम्वन्धी कुनै पनि जाहेरी दर्ता भएन । भुम्लु गाउँपालिका भित्र आर्थिक वर्ष २०७७/२०७८ मा ३ वटा जाहेरी दर्ता भए । जसमा ४ पुरुष पक्राउ परे । आर्थिक वर्ष २०७८/०७९ मा ७ वटा जाहेरी दर्ता भए । जसमा ६ पुरुष १ महिला पक्राउ परे । चालु वर्षको पौष मसान्तसम्म एउटा पनि जाहेरी दर्ता भएको छैन । नमोबुद्ध नगरपालिका भित्र आर्थिक वर्ष २०७७/०७८ मा ६ वटा जाहेरी दर्ता भए । जसमा ८ जना पुरुष पक्राउ परे । आर्थिक वर्ष २०७८/०७९ मा ४ वटा जाहेरी दर्ता भए । जसमा ५ पुरुष पक्राउ परे । चालु वर्षको पौष मसान्तसम्म एउटा पनि जाहेरी दर्ता भएको छैन । धुलिखेल नगरपालिका भित्र आर्थिक वर्ष २०७७/०७८ मा १७ वटा जाहेरी दर्ता भए । जसमा ३१ पुरुष पक्राउ परे भने एक फरार छन् । आर्थिक वर्ष २०७८/०७९ मा ४ वटा जाहेरी दर्ता भए । जसमा २ पुरुष २ महिला पक्राउ परे । चालु वर्षको पौष मसान्तसम्म २ वटा जाहेरी दर्ता भएकोमा १ पुरुष र १ महिला पक्राउ परे । मण्डनदेउपुर नगरपालिका भित्र आर्थिक वर्ष २०७७/०७८ मा ४ वटा जाहेरी दर्ता भए । जसमा ४ पुरुष पक्राउ परे । आर्थिक वर्ष २०७८/०७९ मा ४ वटा जाहेरी दर्ता भए । जसमा ५ पुरुष पक्राउ परे । चालु वर्षको पौष मसान्तसम्म ३ वटा जाहेरी दर्ता भए । जसमा २ पुरुष पक्राउ परे । रोशी गाउँपालिका भित्र आर्थिक वर्ष २०७७/०७८ मा ६ वटा जाहेरी दर्ता भए । जसमा ५ पुरुष पक्राउ परे । २ पुरुष फरार छन् । आर्थिक वर्ष २०७८÷०७९ मा ३ वटा जाहेरी दर्ता भए । जसमा ३ पुरुष पक्राउ परे । चालु वर्षको पौष मसान्तसम्म २ वटा जाहेरी दर्ता भए । जसमा ३ पुरुष पक्राउ परे । चौरीदेउराली गाउँपालिका भित्र आर्थिक वर्ष २०७७/०७८ मा एउटा जाहेरी दर्ता भयो । जसमा २ पुरुष फरार छन् । आर्थिक वर्ष २०७८/०७९ मा एउटा जाहेरी दर्ता भयो । जसमा १ पुरुष पक्राउ परे । चालु वर्षको पौष मसान्तसम्म एउटा पनि जाहेरी दर्ता भएको छैन । तेमाल गाउँपालिका भित्र आर्थिक वर्ष २०७७/०७८ मा जाहेरी दर्ता भएन । आर्थिक वर्ष २०७८/०७९ मा एउटा मात्रै जाहेरी दर्ता भयो । जसमा २ पुरुष पक्राउ परे । चालु वर्षको पौष मसान्तसम्म एउटा पनि जाहेरी दर्ता भएको छैन । पनौती नगरपालिका भित्र आर्थिक वर्ष २०७७/०७८ मा ५ वटा जाहेरी दर्ता भए । जसमा ५ पुरुष पक्राउ परे । आर्थिक वर्ष २०७८/०७९ मा ७ वटा जाहेरी दर्ता भए । जसमा १३ पुरुष पक्राउ परे । चालु वर्षको पौष मसान्तसम्म एउटा पनि जाहेरी दर्ता भएको छैन । बेथान्चोक गाउँपालिका भित्र आर्थिक वर्ष २०७७/०७८ मा २ वटा जाहेरी दर्ता भए । जसमा २ पुरुष पक्राउ परे । आर्थिक वर्ष २०७८/०७९ मा एउटा मात्रै जाहेरी दर्ता भयो । जसमा १ पुरुष पक्राउ परे । चालु वर्षको पौष मसान्तसम्म एउटा पनि जाहेरी दर्ता भएको छैन ।