काभ्रे/काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले जिल्लामा रहेका १३ वटा स्थानीय तहका सरकारी तथा सामुदायिक विद्यालयमा “गरिब तथा जेहेन्दार विद्यार्थीहरुको लागि शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।
संस्थाले ६ वटा नगरपालिका र ७ वटा गाउँपालिकामा गरि कुल १३ वटा स्थानीय तहमा रहेका ३५ वटा विद्यालयहरु छनौट गरि उक्त विद्यालयमा अध्यनरत जेहेन्दार, गरिब, दलित, अपाङ्गता भएका तथा अभिभावक बिहिन कुल ६ सय जना भन्दा बढी विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
विद्यालय ब्यवस्थापन समिति तथा स्थानीय तहको प्रत्यक्ष सहभागितामा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई संस्थाको आफ्नै लोगो अंकित झोला, जोमेट्री बक्स, पेन्सिल, इरेजर, कपिका साथै क्याल्कुलेटर शैक्षिक सामाग्री वितरण गरेको जनाएको छ । संस्थाको सहयोगले विद्यार्थीहरुलाई प्रत्यक्ष सहयोग पुग्नुको साथै अभिभावकहरुमा पनि खुसी थपिने विश्वास संस्थाले गरेको छ । जिल्लाकै विकट मानिएको डाँडापारी क्षेत्रमा समेत संस्थाको सहयोग पहिलो पटक शैक्षिक सामाग्री पु¥याउन सस्था सफल भएको हो । त्यसैगरी संस्थाले धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका, मण्डनदेउपुर नगरपालिका, नमोबुद्ध नगरपालिका, भुम्लु गाउँपालिका, महाभारत गाउँपालिका, खानीखोला गाउँपालिका, रोशी गाउँपालिका, तेमाल गाउँपालिका, चौरीदेउराली गाउँपालिका र बेथान्चोक गाउँपालिकामा सफल रुपमा शैक्षिक सामग्री सहयोग कार्यक्रम सम्पन गरेको कुरा संस्थाका अध्यक्ष तथा कार्यक्रमका संयोजक प्रकाश योञ्जनले बताउनु भयो ।
सहयोगको लागि आर्थिक ब्यबस्थापन संस्थाले विगतको कार्यकालमा संकलन भएको र नपुग वर्तमान केन्द्रिय समिति मार्फत जुटाएको बताएको छ । शैक्षिक सामाग्रीहरु विद्यालयसम्म पु¥याउन नेपालमै रहनु भएका संस्थाका सल्लाहकारहरुले विशेष भूमिका निर्वाह गर्नु भएको थियो । संस्थाले विगतमा पनि सामाजिक कार्यहरु गर्दै आइरेको र आउँदा दिनहरुमा पनि संस्थाले समाजमा प्रत्यक्ष जोडिने र समाज रुपान्तरणका निमित्त उल्लेखनीय र प्रभावकारी कामहरुका निम्ति प्रवास बसाईलाई अझै सामाजिक कार्यमा लगाउदै संस्थालाई समाजिक कार्यका लागि चुस्त रुपमा अगाडि बढाउने कुरा संस्थाका अध्यक्ष प्रकाश योन्जनले बताउनु भयो ।









