2026 August 29/ 04:39: 01pm

बनेपा/बनेपा नगरपालिकाको आयोजनामा गरिएको नगर स्तरीय चौथौ अन्तर विद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड नेपाल प्रहरी साँगाले उपाधी हासिल गरेको छ ।  
प्रतियोगिताको प्रथम भलिबल खेलमा छात्रतर्फ नेपाल प्रहरी प्रथम बेलर ईन्टरनेशनल एकेडेमी दोस्रो छात्रातर्फ एभरेष्ट एकेडेमी प्रथम आजाद मावि दोस्रो भएका छन् । त्यसैगरी कबड्डी खेल छात्रतर्फ बेलर एकेडेमी प्रथम नेपाल प्रहरी स्कूल दोस्रो भए भने छात्रातर्फ चैतन्य मावि प्रथम ज्ञानकुञ्ज मावि दोस्रो भएका छन् । त्यसैगरी एथलेक्टिसमा प्रथम नेपाल पुलिस दोस्रो बेलर ईन्टरनेशनल एकेडेमी भएका छन् । 
प्रतियोगितामा नगरका १४ वटा विद्यालय सहभागी भएका थिए । उत्कृष्ट हुने छात्र तथा छात्राहरुलाई प्रमुख अतिथि बनेपा नगरका प्रमुख शान्ति रत्न शाक्यले पुरस्कार वितरण गर्नु भएको थियो । नगर प्रमुख शाक्यले खेलकुदले विद्यार्थीहरुलाई अनुशासित, शारिरिक रुपमा स्वस्थ बनाउने भएकाले जिवनमा खेलकुदको महत्व रहेको बताउनु भयो । शाक्यले खेललाई अनिवार्य बनाउनु पर्ने बताउनु भयो । पढाई सँगै खेललाई पनि अनिवार्य बनाई विद्यार्थीहलाई खेलको महत्वका रुपमा बताउनु पर्ने शाक्यले बताउनु भयो । 
कार्यक्रममा नगर उपप्रमुख विमला सापकोटाले नगरले नगर भित्र रहेका विभिन्न संघ संस्था मार्फत हँुदै आएका खेलहरुलाई सहयोग र प्रोत्साहन गर्दै आएको बताउनु भयो । नगरले युवा तथा विभिन्न खेलको संरक्षण गरी नगरमा स्थानीय तथा राष्ट्रिय खेलहरु सञ्चालनलाई निरन्तरता दिने सापकोटाले बताउनु भयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत शिब प्रसाद हुमागाई शिक्षा शाखा प्रमुख शिबराज त्रिपाठी, बनेपा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तथा प्रतियोगिता उप समिति संयोजक बलराम अधिकारी, वडा नम्बर १० का वडा अध्यक्ष चन्द्र बहादुर खड्का वडा नम्बर १२ का वडा अध्यक्ष राम बहादुर कुँवर निर्णायक मण्डलका सदस्य नरेन्द्र प्रधानाङ्ग, महिला तथा बालबालिका शाखा अधिकृत विजया सुवेदी, विभिन्न विद्यालयका प्रध्यानाध्यापक लगायतको सहभागिता रहेको थियो ।