रवि,/ धुलिखेल÷राजन कोईराला स्मृति प्रतिष्ठान धुलिखेल नगरपालिका वडा नम्वर २ ले रविमा चौथो राजन कोईराला स्मृति कप रनिङ शिल्ड भलिबल प्रतियोगिता २०७९ आयोजना गरिएको छ । नगर प्रमुख अशोक ब्याञ्जुले प्रतियोगिताको समापन गर्नु भएको थियो ।
चौथो राजन स्मृ ितकप धुलिखेल नगरपालिका वडा नम्बर ७ ले हात पारेको छ । तिन पटक लगातार जित हासिल गरेपछि उक्त कप वडा नम्बर ७ ले जितेको हो । त्यसै गरी दोस्रो वडा नम्बर १० तेस्रो वडा नम्बर ९ र सान्त्वना वडा नम्बर ४ भएको छ ।
वडा अध्यक्ष अर्जुन न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर भित्रका ८ वटा टिम सहभागि भएका थिए । सहभागि भई प्रथम हुने टिमले ५० हजार, दोश्रो हुने टिमलाई २५ हजार र तेश्रो हुने टिमले १५ हजार नगद प्राप्त गर्नेछन् । वडा अध्यक्ष निर्वाचित भएको केहि महिनामै वडा अध्यक्ष राजन कोईरालाको हत्या भएको थियो । हत्या भएको लामो समयसम्म कोईरालाको हत्यारा पत्ता नलाग्दा परिवार र वडाबासी चिन्तित छन् । वडा कार्यालय, नगरपालिका तथा स्मृति प्रतिष्ठानले कोईरालाको स्मृतिमा विभिन्न कार्य गरिरहेका छन् । कोईरालाको शालिक सहित पार्क निर्माण भएको छ । भलिबल प्रतियोगितामा दुग्ध विकास बोर्ड बागमति प्रदेशका कार्यकारी उपाध्यक्ष टिकाबल्धव सापकोटा, निवर्तमान वडा अध्यक्ष देवप्रसाद कोईराला, कार्यपालिका सदस्य सिता पराजुली, वडा सदस्यहरु, विद्यलाय ब्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक तथा विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम सयोजक मधुकर गेलालका अनुसार प्रतियोगितालाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न नगरपालिका र वडा कार्यालयले प्रायोजन गरेको बताउनु भयो ।









