2026 August 28/ 02:38: 34pm

–    एक वर्षमा १ करोड २६ लाख मुनाफा
बनेपा/ज्योति बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडको २३ औ बार्षिक साधारण सभा बनेपामा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
अध्यक्ष सुर्य मानन्धरले संस्थाले विभिन्न सेवा केन्द्र तथा केन्द्रीय कार्यालयबाट प्रदान गरेको सेवा सुविधा र आगामी योजनाका बारेमा जानकारी गराउनु भएको थियो । सहकारीले १ करोड २६ लाख ७४ हजार ६ सय ५५ रुपैया खुद मुनाफा गरेको अध्यक्ष सुर्य मानन्धरले बताउनु भयो । ६ हजार ९ सय १६ जना शेयर सदस्य रहेको उक्त सहकारीले आर्थिक वर्षको अन्त्यसम्ममा ७ करोड ८ लाख ५ हजार ३ सय शेयर पुँजी तयार गरी १ अर्ब ५० करोड ५८ लाख १८ हजार ५ सय ७५ रुपैयाको कारोवार गरेको थियो । १ अर्ब १९ करोड ५४ लाख २६ हजार ५ सय ७६ रुपैया बचत संकलन गरी १ अर्ब १९ करोड ८९ लाख ५१ हजार ६ सय ३३ रुपैया ऋण लगानी गरेको छ । सहकारीले सामाजिक उत्तरदायित्व सँगै मुनाफाबाट हुुन आउने ब्याजको राजश्व ७९ लाख १ हजार ५ सय ९९ रुपैया रुपैया तिरेको जानकारी गराउँदै अध्यक्ष मानन्धरले जोखिम ब्यहोर्ने कोष, जगेडा कोषमा रकम जम्मा गरी शेयर सदस्यहरुको रकम सुरक्षित गरिएको बताउनु भयो । कोषाध्यक्ष रविन्द्रनाथ वाग्ले, सचिव रामेश्वर वाग्ले, उपाध्यक्ष सुजाता थापा खड्का, लेखा संयोजक मुक्तिनाथ तौजले, सल्लाहकार राजकुमार हुमागाई लगायतले ज्योति बहुउद्देश्यीय सहकारीले शेयर सदस्यहरुलाई गम्भीर तथा घातक रोग लागेमा राहत, धितो जमानत तथा ब्यवसायको प्रकृतिका आधारमा ऋण लगानी, स्वरोजगार कर्जा, उपचार कर्जा, हितकोष कर्जा, नियमित बचत जमानत कर्जा, लघुवित्त कर्जाको सेवा सदस्यहरुका लागि उपलब्ध गराईएको बताउनु भयो । जेष्ठ सदस्यहरुलाई नगद २ हजार र एक थान न्यानो कपडा ब्लान्केट सहितको सम्मान, सदस्य मृत्यु राहत, विभिन्न क्षेत्रका श्रष्टाहरुको सम्मान, सेवा केन्द्र विस्तार, जन्म दिन विशेष बचत योजना, बहुमुखी कार्य प्रयोजनका लागि जग्गा, घर जग्गा खरिद तथा संचालनमा रहेका उद्योग ब्यवसायमा साझेदारी, सहकारी संस्था एकिकरण, भगिनी सम्वन्ध कायम, अधिविकर्ष प्रकृतिको कर्जा किस्तामा परिणत गर्ने लगायतका कार्यक्रम रहेको जानकारी दिईएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोखरेलले सहकारीहरु नगद संकलन र ऋण प्रवाह मात्रै गर्ने नभई मुलुकको समृद्धीका लागि आयआर्जन गर्ने खालका क्षेत्रमा लगानी गर्ने बताउनु भयो ।