2026 August 28/ 02:38: 13pm

    धुलिखेल/दशौं राष्ट्रिय पोल्ट्रि दिवसको अवसर पारेर जिल्लामा विविध कार्यक्रम आयोजना गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेलको आयोजनामा सरोकारवाला निकायहरु बीच अन्र्तक्रियाका साथै पोल्ट्रि ब्यवसायको प्रर्वद्धन गर्ने र ब्यक्तिको स्वास्थ्यमा पोल्ट्रिको महत्वका बारेमा जानकारी गराईएको थियो । 
    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेलका प्रमुख राजकुमार हुमागाईको अध्यक्षतामा सम्पन्न भेलाले पनौती ५ चौकोटमा रहेको स्वास्थ्य चौकीमा नियमित परिक्षण गराउने गर्भवति महिला, धुलिखेलको बाल मन्दिर र धनेश्वर प्रावीमा अध्ययन गर्ने विद्यार्थीहरुलाई अण्डा वितरण गर्ने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार दुई विद्यालयका विद्यार्थीहरु र गर्भवति महिलाहरुलाई अण्डा वितरण गरिएको थियो । त्यस्तै कुपोषण भएका बालबालिकाहरुलाई समेत सोहि अवसरमा अण्डा वितरण गरिएको थियो । त्यस्तै विहिबार पोल्ट्रि ब्यवसायीहरु तथा जिल्लाको समग्र पोल्ट्रिका विषयमा बृहत्त अन्र्तक्रिया आयोजना गरिएको थियो । सोहि कार्यक्रममा पोल्ट्रि ब्यवसायी लगायतले जिल्लाको समग्र विषयमा कार्यपत्र प्रस्तुत हुनेछ । 
    पोल्ट्रि दिवसकै अवसर पारेर बनेपामा पौष १६ गते श्रमिकहरुलाई अण्डा वितरण गर्ने निर्णय भएको छ । जिल्लाको प्रवेशद्धार रोशी गाउँपालिकाको मंगलटारमा सचेतनामुलक कार्यक्रम सहित समापन कार्यक्रम पौष १७ गते आयोजना गरिनेछ । भारतबाट भित्रने अबैद्य कुखुरा तथा चल्लाहरु नियन्त्रणका लागि थप अभियान संचालन गर्ने गरी सोहि स्थानमा कार्यक्रम आयोजना गरिएको प्रमुख राजकुमार हुमागाईले बताउनु भयो । काभ्रेपलाञ्चोक जिल्ला पोल्ट्रि ब्यवसायका लागि उर्वर क्षेत्र हो । जिल्लाले आफ्नो खपतसँगै निर्यात गरिरहेको छ । उपत्यकाको ठुलो हिस्सा कुखुराको मासु र अण्डा काभ्रेले निर्यात गरिरहेको छ ।