धुलिखेल/ आकाश भैरब क्लबको आयोजनामा धुलिखेल नगरपालिकाको सहकार्य र नेपाल आईसको मुख्य प्रायोजनामा सञ्चालन भएको नेपाल आईस धुलिखेल मेयर कप फुटबलको उपाधी पाचँखाल युनाईटेड फुटबल एशोसिएसनले प्राप्त गरेको छ
पाँचखाल युनाईटेडले भक्तपुरको नेफा एक्सिस क्लबलाई ५–१ ले हराएको थियो । प्रतियोगितामा बेष्ट प्लेयर सोनिक मर्हजन, बेष्ट किपर एन्जल श्रेष्ठ, टप स्कोर पाँचखाल युनाईटेडका रोनिश राजवाहकलाई घोषित गरिएको थियो ।
प्रतियोगिताको समापन नगर प्रमुख अशोक व्याञ्जुले गर्नु भएको थियो । खेलको समापन गर्दै नगर प्रमुख ब्यान्जुले फुटबल खेलको विकास, ब्यबसायी खेलाडीको उत्पादन र जिल्लाको खेलकुद गतिविधिलाई निरन्तर गर्न उक्त खेलको आयोजना गरिएको बताउनु भयो । ब्यान्जुले मानिसलाई अनुशाशित, स्वस्थ्य बनाउने भएकाले खेल अनिवार्य रहेको बताउनु भयो । भलिबल, फुटबल, कराँते लगाएतका विभिन्न खेलहरुलाई नगरपालिकाले प्राथमिकतामा राखी सञ्चालन गर्दै आएको बताउनु भयो । धुलिखेल सामुदायिक खेलमैदान भएको फुटबलमा १४ वटा टिम सहभागी भएका थिए । कार्यक्रममा पाँचखाल नगरपालिका उप–प्रमुख सुर्यमाया दनुवार, धुलिखेल नगरपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख भोजराज ठकुरी, सिजि ब्रअरी प्रालिका डाईरेक्टर धुर्वकृष्ण खड्का धुलिखेल नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गणेश आचार्य लगाएतको सशभागिता रहेको थियो । खेलमा प्रथम हुने टिमलाई २ लाख नगद सहित शिल्ड मेडल, दोस्रो टिमलाई नगद १ लाख शिल्ड मेडल प्रदान गरिएको क्लबका अध्यक्ष सुवल चोच्छे श्रेष्ठले जानकारी दिनु भयो । कार्यक्रम सञ्चालन क्लबका सदस्य आनन्द सागर योगलले गर्नु भएको थियो । ककार्यक्रम क्लबका अध्यक्ष सुवल चोच्छे श्रेष्ठकोको सभापतित्वमा सम्पन्न भएको थियो ।





