बनेपा/बनेपा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा ३५ औ विश्व एड्स दिवसको अबसरमा ¥याली तथा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
नगरपालिका उप प्रमुख बिमला सापकोटाको प्रमुख आतिथ्तामा भएको कार्यक्रममा प्रमुख अतिथी सापकोटाले उक्त रोगलाई निर्मूल पार्न सचेतना अझै बढाउनु पर्ने बताउनु भयो । उच्च जीवनयापन सजग र सावधानी पुर्नजीवन त्यस्ता भयानक समस्याको छाँया सम्म पनि हाम्रो जिवनमा नपर्ने सापकोटाले बताउनु भयो । सापकोटाले बिस्व स्वास्थ संगठन ९ध्ज्इ० ले एड्स रोगको रोकथाम तथा नियनत्रणको लागी दिनप्रतिदिन अर्बौं डलर खर्चे पनि अझै कम नभएको बताउनु भयो । सापकोटाले सुरक्षित यौन व्यवहार अपनाउने, यौनरोगको लक्षण देखापरेमा तुरुन्त उपचार गर्ने, आफ्नो यौन साथीलाई पनि उपचार गराउने अंग प्रत्यारोपण गर्नुपरेमा सम्बन्धित व्यक्तिलाई संक्रमण भए नभएको कुरामा विशेष ध्यान पु¥याएमा एड्स बाट बच्न सकिने बताउनु भयो । कार्यक्रममा स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डा.पुरूषोतम सेढाईले जिल्लामा एड्सलागेका ८० जना बिरामीहरु रहेका र उनिहरुले नियमित औषधी सेवन गरेको बताउनु भयो । एड्स रोग लागेमा समाजमा अपहेलित नगरी उपचार र परामर्श गर्न ुझाब दिनु भयो । कार्यक्रममा बनेपा स्वास्थ्य शाखा प्रमुख शम्भु महतो,स्वास्थ्यकर्मी,स्वयमसेविकाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सन् २०३० सम्म ए्डस रोगलाई निर्मुल गर्ने लक्ष्य राखेको जनाएको थियो ।





