2026 August 27/ 12:25: 10pm

    धुलिखेल/आकाश भैरब क्लबको आयोजनामा धुलिखेल नगरपालिकाको सहकार्य र नेपाल आईसको मुख्य प्रायोजनामा नेपाल आईस धुलिखेल मेयर कप फुटबल प्रतियोगिता धुलिखेलको रंगशालामा शुरु भएको छ । 
    प्रतियोगिताको उद्घाटन नगर प्रमुख अशोक व्याञ्जुले गर्नु भएको थियो । खेलको उद्घाटन गर्दै नगर प्रमुख ब्यान्जुले फुटबल खेलको विकास, ब्यबसायी खेलाडीको उत्पादन र जिल्लाको खेलकुद गतिविधिलाई निरन्तर गर्न उक्त खेलको आयोजना गरिएको बताउनु भयो । ब्यान्जुले मानिसलाई अनुशाशित, स्वस्थ्य बनाउने भएकाले खेल अनिवार्य रहेको बताउनु भयो । भलिबल, फुटबल, कराँते लगाएतका विभिन्न खेलहरुलाई नगरपालिकाले प्राथमिकतामा राखी सञ्चालन गर्दै आएको बताउनु भयो । नगरले युवाहरुलाई प्राथमिकतामा राखी कार्यक्रमहरु सञ्चालन गरिएको ब्यान्जुले वताउनु भयो । धुलिखेल सामुदायिक खेलमैदान भएको फुटबलमा नगरका १ देखी १२ वटा वडा बाट १४ वटा टिम सहभागी छन् । खेलमा प्रथम हुने टिमलाई २ लाख नगद सहित शिल्ड मेडल, दोस्रो टिमलाई नगद १ लाख शिल्ड मेडल प्रदान गरिने क्लबका अध्यक्ष सुवल चोच्छे श्रेष्ठले जानकारी दिनु भयो । 
    उद्घाटन कार्यक्रममा क्लबले नगर देखी जिल्ला स्तरका फुटबल तथा विभिन्न स्तरका खेलहरु सञ्चानल गरिसकेको बताएको थियो । कार्यक्रममा कालिजगं गणका गणपति मिलन थापा, काभ्रे जिल्ला फुटबल सघंका सल्लाहकार रविन्द्र कोजू, वडा अध्यक्षहरु, विभिन्न सघं सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम क्लबका अध्यक्ष सुवल चोच्छे श्रेष्ठकोको सभापतित्वमा सम्पन्न भएको थियो ।