2026 August 27/ 12:25: 14pm

    २०७४ सालमा सम्पन्न निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा कुल खसेको मत मध्ये १४ हजार २ सय ८६ मत बदर भएको थियो । त्यतिबेला २ लाख ७२ हजार २ सय ९२ मतदाता मध्ये १ लाख ९२ हजार ८ सय ७० मतदाताले मतदान गरेका थिए । खसेको मत मध्ये १ लाख ८४ हजार ५ सय ७१ मत मात्रै सदर भयो । निर्वाचनमा ७९ हजार ४ सय २२ मतदाताले भाग नै लिएनन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ मा सबै भन्दा धेरै ४ हजार २ सय मत बदर भएका थिए भने प्रतिनिधि सभा २ मा ४ हजार ९९ मत बदर भएको थियो । प्रतिनिधि सभा १ को प्रदेश १ मा १ हजार २ सय ६६, २ मा १ हजार ८ सय मत बदर भएको थियो । त्यस्तै प्रतिनिधि सभा २ को १ मा १ हजार ३ सय २१ र २ मा १ हजार ६ सय मत बदर भएको थियो ।  
    २०७४ मा प्रतिस्पर्धामा उत्रिएका ५८ उम्मेदवार मध्ये १३ जना उम्मेदवारले १ सय मत पनि प्राप्त गर्न सकेका थिएनन । ५८ उम्मेदवारहरु मध्ये विजेता सहित १२ उम्मेदवारहरुको बाहेक ४६ जनाको जमानत जफत भएको थियो । कुल खसेको सदर मत मध्ये १० प्रतिशत ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत हुने कानुनी ब्यवस्था थियो ।