2026 August 27/ 12:25: 10pm

    पनौती/हलिं नेवाः गुथिले पनौतीमा भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उदेश्यले जिल्ला विद्यालय स्तरीय नृत्य प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा जिल्लाका सामुदायिक तथा निजी गरी २५ विद्यालयका कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । 
    उक्त संस्थाले नेपाल भाषा, साहित्य, नेवाः गित रचना र गायन क्षेत्रमा निरन्तर योगदान पु¥याएका गायक, संगितकार, गीतकार ९० बर्षिय भृगु राम श्रेष्ठलाई अभिनन्दन गरेको छ । पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले श्रेष्ठलाई सम्मान गर्दै नेवारी समुदायको भाषा, संस्कृति तथा परम्परालाई संरक्षण गर्न नगरपालिकाले आवश्यक ब्यवस्थापन गर्ने बताउनु भयो । कार्यक्रममा पनौती नगरपालिकाका उपप्रमुख गिता बञ्जारा, निर्वतमान प्रमुख भिम न्यौपाने, हलिं नेवाः गुथिका केन्द्रीय अध्यक्ष जुजुमान श्रेष्ठ, महासचिव सुरेश सैंजु, कार्यक्रम संयोजक सुरेन्द्र श्रेष्ठ लगायतले पनौती नगरपालिका भित्र नेवारी संस्कृति र सम्पदाको संरक्षणका लागि स्थानीय स्तरबाट विभिन्न कार्यक्रम आयोजना गरी प्रचार प्रसार गरिनु पर्ने बताएका थिए । नेवारी भाषा र साहित्य प्रतिको चासो धेरै भए पनि प्रयोग र संरक्षण कम हुँदै गएकाले प्रर्वद्धन तथा सम्वद्र्धन लागि अभियान संचालन गर्नु पर्ने बताउनु भएको थियो । 
    प्रतियोगितामा सहभागी विद्यालयहरु मध्ये प्रथम हुनेले २१ हजार नगद, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ भने दोश्रो हुनेलाई नगद ११ हजार, तेश्रोलाई ५ हजार ५ सय, सान्त्वना पुरस्कार २ हजार ७ सय ५० उपलब्ध गराईएको छ । सहभागि सबै विद्यालय र विद्यार्थीहरुलाई प्रमाणपत्र उपलब्ध गराईएको रामकृष्ण श्रेष्ठले बताउनु भयो ।