2026 August 27/ 10:49: 24am

– ३ लाख १० हजार ६३ मतदाता योग्य
– एउटा मतदान स्थल र ८ वटा केन्द्र थपिए

    धुलिखेल/निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आगामी मंसिर ४ गतेका लागि १९० वटा मतदान स्थलमा रहेका ३ सय ८९ मतदान केन्द्रबाट ३ लाख १० हजार ६३ मतदाताले मतदान गर्ने भएका छन् । जसमा १ लाख ५७ हजार ९ सय ४७ पुरुष, १ लाख ५२ हजार १ सय १४ महिला र २ अन्य मतदाता रहेका छन् । 
    जिल्लामा एउटा मतदान स्थल थप भएको छ । प्रतिनिध सभा निर्वाचन क्षेत्र नम्वर १ अन्र्तगत प्रदेश सभा २ को धार्ने ज्योती माविमा एउटा मतदान स्थल थप भएको जिल्ला निर्वाचन कार्यालय काभ्रेका जिल्ला निर्वाचन अधिकारी उमेश राईले जानकारी दिनु भयो । उक्त केन्द्रमा ३ सय ३२ पुरुष र २ सय ५९ महिला गरी ५ सय ९१ मतदाता छन् । उक्त केन्द्र नहुँदा घण्टौ टाढा देविस्थान आधारभुत मावि दयागाउँमा मतदाताहरु पुग्नु पर्ने बाध्यता थियो । उक्त केन्द्रमा ५ सय ३२ पुरुष र ४ सय २१ महिला गरी ९ सय ५३ मतदाता छन् । जिल्ला स्थित राजनीतिक दलहरुको संयुक्त सर्वसम्वत निर्णयका आधारमा निर्वाचन आयोगले एउटा मतदान स्थल थप गरेको हो । मतदाताको संख्या बढे पछि स्थानीय तहको निर्वाचनमा कायम भएका ३ सय ८१ वटा मतदान केन्द्रबाट थप भएर ३ सय ८९ पुगेका छन् । ८ वटा मतदान केन्द्र र एउटा मतदान स्थल थप भएको जिल्ला निर्वाचन अधिकारी राईले जानकारी दिनुभयो ।
    प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ मा कुल मतदाता १ लाख ५२ हजार ६ सय ९९ रहेका छन् । जसमा ७८ हजार ८ सय १६ पुरुष र ७३ हजार ८ सय ८२ महिला अन्य १ मतदाता रहेका छन् । १ सय ९५ वटा मतदान केन्द्रबाट मतदाताहरुले मतदान गर्नेछन् । सोहि क्षेत्रको प्रदेश सभा १ मा ४० हजार १ सय १ पुरुष, ३६ हजार ४ सय ५२ महिला गरी ७६ हजार ५ सय ५३ मतदाता रहेका छन् । जसमा ९४ वटा मतदान केन्द्र रहेका छन् । प्रदेश सभा २ मा ३८ हजार ७ सय १५ पुरुष र ३७ हजार ४ सय ३० महिला गरी ७६ हजार १ सय ४६ मतदाता रहेका छन् । जसमा ९५ वटा मतदान केन्द्र रहेका छन् । 
    प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ मा ७९ हजार १ सय ७४ पुरुष र ७८ हजार २ सय ६७ महिला गरी १ लाख ५७ हजार ४ सय ४२ मतदाता रहेका छन् । सोहि क्षेत्रमा २ सय वटा मतदान केन्द्र रहेका छन् । प्रतिनिधि सभा क्षेत्र नम्वर २ को प्रदेश सभा १ मा ३९ हजार २ सय ५८ पुरुष, ३७ हजार ८ सय ५० महिला र अन्य १ गरी ७७ हजार १ सय ९ जना मतदाता रहेका छन् । प्रदेश सभा २ मा ३९ हजार ९ सय १६ पुरुष र ४० हजार ४ सय १७ महिला गरी ८० हजार ३ सय ३३ मतदाता रहेका छन् । 
निर्वाचन चार्ट राख्ने

समानुपातिक सुची गोप्य
प्रत्यक्ष तर्फ अलमल

    राजनीतिक दलहरुले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूची गोप्य राखिएको छ । समानुपातिक सूचीमा राजनीतिक दलहरुले समावेश गरेका नेताहरुको नाम आधिकारीक रुपमा सार्वजनिक भएको छैन । 
    प्रत्यक्षतर्फ अवसर नपाउने नेताहरुलाई समानुपातिक सूचीमा समावेश गर्न दलहरुले गरेको प्रयास पनि असफल भएको छ । एमालेले पार्टी निर्माणमा योगदान पु¥याएका र लामो समय पार्टी जीवनमा सक्रिय ब्यक्तिहरुको सूची जिल्लाबाट समावेश गरेको भए पनि केन्द्रिय कमिटीले आयोगमा बुझाउने बेला थोरै नेताहरु मात्रै समेटिएको श्रोतले बताएको छ । ६० जना भन्दा धेरैको नाम समानुपातिक तर्फ सिफारिस गरिएको एमाले काभ्रेले जानकारी दिएको छ । नेपाली काँग्रेसले पनि समानुपातिकमा जान चाहनेहरुलाई रकम लिएरै भए पनि सिफारिस गरेको थियो । प्रारम्भिक श्रोतका अनुसार एमालेले प्रतिनिधि सभा तर्फ दुई जना र प्रदेश सभा तर्फ ३ जनाको नाम समावेश गरेको छ । नेपाली काँग्रेसले पनि जिल्लाका प्रतिनिधि सभा तर्फ २ र प्रत्यक्ष तर्फ २ जनाको नाम सिफारिस गरेको छ । नेकपा माओवादीले पनि दुई जनाको नाम सिफारिस गरेको बताएको छ । अन्य राजनीतिक दलहरुले पनि जिल्लाका नेताहरुको नाम समावेश गरेको भए पनि सार्वजनिक गरेका छैनन । 
    प्रत्यक्ष तर्फ नेकपा एमालेले गोकुल बास्कोटा बाहेक अन्यको नाम सार्वजनिक गरेको छैन । प्रतिनिधि सभा १ मा एमालेको तर्फबाट रेशम लामा र चन्द्र लामाको सम्भावना छ । प्रत्यक्ष तर्फ प्रदेश सभा १ को १ मा जेनिस लामा र २ मा चन्द्र लामा, अमित लामा र रामहरी सुवेदीको सम्भावना छ । त्यस्तै प्रतिनिधि सभा २ मा गोकुल बास्कोटा र २ को १ मा कुमार खकुरेल र विमला शर्माको सम्भावना छ । त्यस्तै २ मा कुमार थापाको सम्भावना छ । गठवन्धनको तर्फबाट प्रतिनिधि सभा १ मा माओवादी केन्द्रका रत्न ढकाल र सुर्यमान दोङको सम्भावना छ । प्रत्यक्षतर्फ प्रदेश सभामा नेपाली काँग्रेस र माओवादी दुबैले दावी गरेका छन् । गठवन्धनको सिट नटुङ्गिदाँ को को चुनावमा उठ्ने हो अन्योल बढेको छ ।